: नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। पार्टीको १५औं महाधिवेशनअन्तर्गत भएको चुनावमा प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन्।
निर्वाचन समितिका अनुसार थापाले ६५८४ मत ल्याउँदा खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कूल ७०१३ खसेको मतमध्ये ५४ मत बदर भएको समितिले जनाएको छ।