मुख्य समाचार
कांग्रेसका रमेश लेखक महाकाली नदीमाथिको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको अनुगमनमा
कांग्रेसका रमेश लेखक महाकाली नदीमाथिको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको अनुगमनमा

: नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको अनुगमनमा पुगेका छन्। शुक्रबार पुलको अनुगमनमा पुगेका लेखकले पुल भत्किएको घटनाले आफूलाई अत्यन्त दुःख लागेको बताए। उनले पुलको यथाशीघ्र पुनर्निर्माण तथा नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरे।

लेखकले यो पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभइ सिंगो देशकै ऐतिहासिक सम्पदा भएको उल्लेख गरे। कुनै समय नेपालको अन्य भू-भागसँग जोडिन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको दोधारा चाँदनीलाई प्रत्यक्ष रूपमा देशको अन्य भूभागसँग जोड्न पुलले महत्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे।

२०५६ सालमा कञ्चनपुरबाट पहिलो पटक निर्वाचित भएपछि तत्कालीन प्रतिनिधिसभामा आफूले महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरी दोधारा चाँदनी जोड्नुपर्ने प्रस्ताव राख्दा कतिपयले असम्भव भन्दै ठट्टा गरेको लेखकले बताए। तर,नेपाल सरकारको बजेट,नेपाली प्राविधिक र नेपाली निर्माणकर्ताबाट पुल निर्माण गर्न सफल भएको उनले उल्लेख गरे।

उनका अनुसार यस पुलको निर्माणपछि नेपालका अन्य स्थानमा समेत लामो झोलुङ्गे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा सहयोग पुगेको थियो। त्यसैले पुलको संरक्षण,पुनर्निर्माण र नियमित मर्मतसम्भार आवश्यक रहेको लेखकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्द पक्राउ पुर्जी जारी गर्न आदेश दिएको ललितपुर अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए। सोही इजलासले पक्राउ परेका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा ...
। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिए । नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता क्षेत्रीको भनाइ छ । यसअघि नै ...
। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । उनका अनुसार, विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय भएको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू– १. विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न ...
। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार, विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही ...
। दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय भएको छ । प्रधानमन्त्री बालेन शाहज्यूको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले उक्त निर्णय गरेको हो । बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रूपैयाँ लागतको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८.९ मेगावाट) र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रूपैयाँ लागतको ...