मुख्य समाचार
सरकारी कुरियर सेवा बनाउने योजना प्रभावकारी
सरकारी कुरियर सेवा बनाउने योजना प्रभावकारी

। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवा आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने योजना प्रभावकारी कार्यान्वयन हुँदै गएको बताएका छन् ।

हुलाक सेवा विभागद्वारा १५२औं विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उनले बदलिँदो समय र नागरिकको आवश्यकता अनुसार हुलाक सेवालाई पुनर्संरचना गरी आम नागरिकको पहुँचमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए ।

हुलाक सेवाको ऐतिहासिक महत्त्व कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भने, ‘हुलाक सेवाले विशिष्ट इतिहास बोकेको छ, अब यसको इतिहाससँगै भविष्यलाई पनि सोचेर आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित सेवा बनाउनुपर्छ ।’

उनले आधुनिक प्रविधि विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको बताए । हुलाक सेवालाई समयानुकूल बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।

हुलाक सेवा विभागले नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याएका बिसे नगर्ची र वाङ्गे सार्की, प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर तथा टेलिभिजन आविष्कार भएको १ सय वर्षका अवसरमा आविष्कारक जोन लोगी बेयर्डका तस्विर अंकित हुलाक टिकट जारी गरेको हो ।

विभागले ती व्यक्तित्वका तस्विर अंकित प्रतिटिकट १० रुपैयाँ दरका टिकट प्रचलनमा ल्याएको जनाएको छ । कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले उक्त हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे ।

कार्यक्रममा राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्माले बिसे नगर्ची र वाङ्गे सार्कीको तस्विर अंकित हुलाक टिकट जारी हुनुले दलित समुदायका ऐतिहासिक योगदानलाई राज्यले सम्मान गरेको बताए ।

सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले परिवर्तित परिस्थितिमा हुलाक सेवालाई नागरिक सेवा विस्तारको प्रभावकारी माध्यम बनाउनुपर्ने बताए । देशभरिका पालिका तहसम्म फैलिएको हुलाक सञ्जाल उपयोग गर्दै सरकारी कुरियर सेवाका रूपमा नागरिकका घरघरमा सेवा पुर्‍याउन सकिने बताए ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा विश्वभरि अझै सान्दर्भिक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्द पक्राउ पुर्जी जारी गर्न आदेश दिएको ललितपुर अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए। सोही इजलासले पक्राउ परेका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा ...
। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिए । नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता क्षेत्रीको भनाइ छ । यसअघि नै ...
। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । उनका अनुसार, विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय भएको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू– १. विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न ...
। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार, विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही ...
। दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय भएको छ । प्रधानमन्त्री बालेन शाहज्यूको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले उक्त निर्णय गरेको हो । बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रूपैयाँ लागतको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८.९ मेगावाट) र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रूपैयाँ लागतको ...