: नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन्।
शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले विभिन्न तहमा गरी ३५,००० भन्दा बढी युवाहरू पार्टीमा जोडिएको बताए। उनले अहिलेको महाधिवेशन कुनै एउटा पुस्ताको महाधिवेशन नभई चार–पाँच वटा पुस्ताको सन्तुलन भएकाले गाउँमा खट्ने श्रमिकदेखि बौद्धिक वर्गसम्म सबैलाई जोड्ने प्रयास गरिएको उल्लेख गरे।
महाधिवेशन एक दिन लम्बिए पनि निर्वाचन प्रक्रिया एकदमै सहज र उत्साहजनक ढङ्गले अघि बढिरहेको उनको भनाइ छ। उनले विगतमा पनि मतगणना र अन्य प्रक्रियामा १ हप्तासम्म लाग्ने गरेको भन्दै यसपटक छिटो परिणाम आउने विश्वास व्यक्त गरे।
कांग्रेसको महाधिवेशनमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध भइसकेका छन्।