मुख्य समाचार
आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने
आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने बताएका छन् ।

इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भन्दै उनले मध्यावधि निर्वाचनअघि आक्रमण नगर्ने बताएका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् यो जानकारी दिएका हुन् ।

‘अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि हामी कुनै पनि समयमा इरानमाथि आक्रमण गर्ने छैनौँ,’ ट्रम्पले लेखेका छन् ।
इरानमाथिको नाकाबन्दी भने पूर्णरूपमा कायम रहने र इरानले परमाणु हतियार प्राप्त गर्न नपाउने पनि उनले दोहोर्‍याएका छन् ।

राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट ठूलो परिमाणमा तेल ढुवानी भइरहेको उल्लेख समेत गरेका छन् । उनको दाबी अनुसार एकै रातमा २ करोड २० लाख ब्यारेल तेल उक्त मार्गबाट पार भएको छ ।

यसअघि अमेरिकाले इजरायलसँग मिलेर सन् २०२६ फेब्रुअरी २८ मा ‘अपरेसन फ्युरी’ अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो । आक्रमणबाट इरानका सर्वोच्च कमाण्डर आयोतुल्लाह अलि खामेनी लगायतका वरिष्ठ अधिकारीहरु मारिएका थिए ।

त्यसयता अमेरिका–इजरायल र इरानबीच तनावपूर्ण सम्बन्ध कायम छ ।

साथै इरान र ओमानको बीचमा पर्ने साँघुरो समुद्री मार्ग स्ट्रेट अफ होर्मुजबाट इन्धन ढुवानी पनि प्रभावित भएको छ । स्ट्रेट अफ होर्मुजले फारसको खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानविरुद्ध अमेरिकाले यसै वर्ष सुरु गरेको सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ का क्रममा लडाकु विमान र मानवरहित विमान (ड्रोन) सहित अमेरिकाका कम्तीमा ८१ सैन्य विमान नष्ट वा क्षतिग्रस्त भएका छन् । अमेरिकी संसद्लाई बजेटसम्बन्धी अनुसन्धान र विश्लेषण उपलब्ध गराउने गैरदलीय सरकारी निकाय कंग्रेसनल बजेट अफिस (सीबीओ) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त तथ्याङ्क उल्लेख छ । प्रतिवेदनअनुसार ...
: मेक्सिकोको सिनालोआ राज्यको एक जेलमा बिहीबार भएको दंगामा दश जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। सुरक्षा अधिकारीहरूका अनुसार मृतकमध्ये एक जना जेल भेट्न आएका थिए भने बाँकी नौ जना कैदी हुन्। हिंसा नियन्त्रण गर्न राष्ट्रिय गार्ड तैनाथ गरिएको थियो। त्यसपछि अहिले स्थिति नियन्त्रणमा रहेको बताइएको छ। दंगा के कारणले भयो भन्ने कुरा ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको युद्ध अन्त्य गर्नका लागि ‘वार्ता प्रक्रिया जारी रहेको र मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको’ बताएका छन् । इरानको अर्धसरकारी समाचार संस्था तस्निम न्युज एजेन्सीका अनुसार अराघचीले यस्तो बताएका हुन् । ‘हामीले आफ्नो प्रस्ताव प्रस्तुत गरेका छौँ, जसलाई हामीले ‘सातदिने योजना’ भनेका छौँ,’ अराघचीले भने, ‘साथै, हामीले अमेरिकी पक्षको धारणा पनि सुनेका छौँ र’ उनले ...
— यमनका हुथी विद्रोहीले साउदी अरबतर्फ पुनः मिसाइल प्रहार गरेपछि रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई विमानस्थल आउनुअघि आफ्नो उडानको अवस्था सम्बन्धित एयरलाइन्समार्फत पुष्टि गर्न आग्रह गरेको छ। विमानस्थलले बिहीबार जारी गरेको सूचनामा यात्रुहरूलाई एयरलाइन्ससँग सिधै सम्पर्क गरेर उडानको अवस्था जानकारी लिएपछि मात्रै विमानस्थल आउन भनिएको छ। यमनमा वैधानिक सरकारलाई समर्थन गरिरहेको सैन्य गठबन्धनले हुथी विद्रोहीद्वारा ...
युक्रेनमा अधिकारीहरूले यात्रुवाहक बसलाई लक्षित गरी गरिएको रुसी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएका छन् । उद्धार अधिकारीहरूका अनुसार अग्रपंक्तिमा रहेको क्रामातोर्स्क सहरमा सर्वसाधारण यात्रु बोकेका दुईवटा बसमा रुसी ग्लाइड बमबाट आक्रमण गरिएको हो । डोनेत्स्क क्षेत्रका प्रमुख वादिम फिलाश्किनले आक्रमणमा थप १८ जना घाइते भएको बताएका छन् । उनले धेरैभन्दा धेरै सर्वसाधारणको हत्या गर्ने उद्देश्यले यात्रुवाहक ...