मुख्य समाचार
दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय
दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रूपैयाँ लागतको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८.९ मेगावाट) र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रूपैयाँ लागतको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४६.७२ मेगावाट)को लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।

त्यसैगरी बैठकले अरुण–३ जलविद्युत् परियोजना (९०० मेगावाट)ले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र माथिल्लो कर्णाली जलविद्युत् परियोजना (९०० मेगावाट)का सम्बन्धमा परियोजना विकास सम्झौताको प्रावधान बमोजिम तत्काल निर्माण अघि बढाउने गरी आवश्यक सहजीकरण गर्ने निर्णय गरेको समेत गरेको छ।

बैठकले स्वीकृत परियोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण र प्रभावकारी कार्यसम्पादनका लागि लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, बोर्डद्वारा आह्वान नगरिएका प्रस्तावहरू आवश्यकतानुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराई अगाडि बढाउने गरी आवश्यक कानूनी प्रबन्ध गर्न कार्यालयलाई निर्देशन दिने, कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नेपालको नवीकरणीय ऊर्जाको उपयोग तथा रोजगारी सृजना एवं आर्थिक विकासमा पु¥याउने योगदान समेतलाई मध्यनजर गरी उक्त प्रकृतिका परियोजना विकासलाई प्राथमिकता दिने निर्णय गरेको छ।

बैठकमा अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा.विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावलगायतका बोर्डका सदस्यहरु एवं उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल वायुसेवा निगमका चारवटा इन्जिन मर्मतका लागि करिब ८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। ठूलो रकम आवश्यक पर्ने भएपछि वायुसेवा निगमले आफ्नै इन्जिन मर्मतसँगै प्रतिस्थापन इन्जिन भाडामा लिनुपर्ने अवस्था आए खर्च अझ बढ्ने देखिएको छ। केही दिनअगाडि प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले आगामी चारवटा इन्जिन मर्मतका ...
: नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको अनुगमनमा पुगेका छन्। शुक्रबार पुलको अनुगमनमा पुगेका लेखकले पुल भत्किएको घटनाले आफूलाई अत्यन्त दुःख लागेको बताए। उनले पुलको यथाशीघ्र पुनर्निर्माण तथा नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरे। लेखकले यो पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवा आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने योजना प्रभावकारी कार्यान्वयन हुँदै गएको बताएका छन् । हुलाक सेवा विभागद्वारा १५२औं विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उनले बदलिँदो समय र नागरिकको आवश्यकता अनुसार हुलाक सेवालाई पुनर्संरचना गरी आम नागरिकको पहुँचमा पुर्‍याउन सरकार ...
। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । विभागले कतिपय रोजगारदाताबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आउने गरेको भन्दै अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको हो । श्रम ऐन २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ ...
। गत वर्षको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–२ का ३२ वर्षीय नाना भन्ने नरेश लोहनी र सोही ठाउँका ३० वर्षीय रत्न बहादुर राउत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लोहनी झुम्का कारागारबाट फरार भएका थिए । उनलाई सुनसरीको इनरुवा नगरपालिका–४ ...