मुख्य समाचार
बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय
बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय

। बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित क्षेत्रको यातायात सम्पर्क पुन:स्थापनाका लागि पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार नुवाकोटमा तीनवटा र रसुवामा दुईवटा झोलुङ्गे पुल निर्माण गरिनेछ ।

नुवाकोटको विदुर नगरपालिका–४ स्थित मेरिस्टोप मार्गदेखि वडा नं १२ को कफीबारी जोड्ने स्थान, सिम्तचौर र तिर्तिरे भीरमा झोलुङ्गे पुल निर्माण गरिनेछ । त्यस्तै रसुवाको स्याफ्रुबेँसी र थुमनबाट लिङलिङ जोड्ने स्थानमा एक–एकवटा झोलुङ्गे पुल निर्माण गर्ने निर्णय भएको मन्त्री केसीले जानकारी दिए ।
उनका अनुसार नुवाकोटको फलाखु खोलास्थित कुवापानी र विदुरस्थित त्रिशूली नदी वारपार गर्ने स्थानमा एक–एकवटा बेलिब्रिज निर्माण गरिनेछ ।

बैठकले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण, राहत तथा पुन:स्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न विभिन्न मन्त्रालयका प्रस्तावित कार्यक्रमको बजेट कटौती गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्री केसीका अनुसार कटौती गरिएको बजेट विपद् व्यवस्थापन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा परिचालन गरिनेछ ।

यसैगरी बैठकले प्रदेश सरकार कार्यसम्पादन नियमावली, २०७४ को नियम २६ को उपनियम (१) बमोजिम मन्त्रिपरिषद् मातहतका तीनवटा विषयगत समितिलाई पूर्णता दिएको छ ।

प्रशासन तथा विधेयक समितिको संयोजकमा सरल सहयात्री पौडेल तथा सदस्यमा भरतबहादुर केसी र राजेन्द्र प्रजापति, राजनीतिक समितिको संयोजकमा गिरबहादुर तामाङ तथा सदस्यमा राजेन्द्र प्रजापति र ज्ञानबहादुर तामाङलाई तोकिएको छ ।

त्यस्तै आर्थिक, सामाजिक तथा पूर्वाधार समितिको संयोजकमा भरतबहादुर केसी तथा सदस्यमा राजु विष्ट र रमा आलेमगर रहने निर्णय भएको छ । बैठकले प्रदेशका १३ वटै जिल्ला समन्वय समितिका लागि विनियोजित बजेट कार्यान्वयन तथा खर्च गर्ने अख्तियारी प्रदान गरेको छ ।

यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि बजेट विनियोजन भएका २१ वटा आयोजना सञ्चालन गर्न रु १३ करोड ८२ लाख ८१ हजार खर्च गर्ने अख्तियारी दिने निर्णयसमेत गरिएको मन्त्री केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आजबाट दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुला भएको छ । गोंगबुको नयाँ बसपार्कलगायत स्थानमा बुकिङका लागि यात्रुको भीड लागेको छ । शनिबारबाटै यात्रु बाहिरिन थाल्ने भएकाले काउन्टरमा यात्रुको भीड लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले बताए । उनका अनुसार यात्रु लिएर जाने बस व्यवसायीले तयारी गर्न थालेका छन् । ...
। जनकपुरधाममा धारिलो हतियार छुरा प्रहारबाट एक युवक हत्या भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिमपथ नजिकै बिहीबार साँझ करिब ७:१० बजे सोनारपट्टी दाहाचोक बस्ने करिब २४ वर्षीय आमिन साफी र सोही ठाउँका करिब २५ वर्षीय इम्तियाज राइनमाथि छुरा प्रहार भएको हो । उपचारको क्रममा आमिन साफीको प्रादेशिक अस्पताल जनकपुरमा ...
— पोखराको कालिका बोर्डिंग स्कुलको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परेर १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार, मृत्यु हुनेमा ३ छात्रा र १ छात्र रहेका छन् । साथै, स्कुलबसमा लिफ्ट मागेर चढेका एक अभिभावकको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका डीआईजी दीपेन्द्र जीसीका अनुसार ४ बिद्यार्थी र ...
। नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा तेस्रो वर्ष पनि स्वर्ण पदक प्राप्त गरेको छ । ३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी उक्त अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो । निकै कठोर मानिने यो अभ्यासमा नेपाली सेनाले सन् २०२४ देखि लगातार ...
। सिरहाको गोलबजारस्थित बल्डाराबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले ६ थान टिपर र एक थान जेसिबी नियन्त्रणमा लिएको छ । अवैध उत्खनन् भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको टोलीले ती सवारीसाधन नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारीसाधनमा प्रदेश २–०१–००१ क ०१७०, प्रदेश १–००१ क ०२८५, को १ ख ४९७५, भे १ ...