मुख्य समाचार
१८ वर्षअघिको हत्या घटनामा संलग्नताका दुई जना आरोपी पक्राउ
१८ वर्षअघिको हत्या घटनामा संलग्नताका दुई जना आरोपी पक्राउ

। रुपन्देहीमा १८ वर्षअघिको हत्या घटनामा संलग्नताका दुई जना आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–४ का ६८ वर्षीय प्रह्लाद कुमी र सोही ठाउँमा ६० वर्षीय महेन्द्रप्रसाद कुर्मी छन् ।

प्रहरीका अनुसार हत्या घटना २०६५ मंसिर ६ गते भएको थियो ।

पक्राउ परेकाहरूमाथि त्यो बेला तत्कालीन धकधई गाविस–८ का ३२ वर्षीय चिनक राजभर भनिने मुनिराम राजभरको हत्या गरेको आरोप छ ।

राजभरको पछाडि गलबन्दीले हात बाँधी कन्चटमा गोली हानी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उनीहरू रुपन्देही जिल्लामै लुकिछिपी बसेको अवस्थामा रहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

पक्राउपछि दुबै जनालाई बिहीबार रुपन्देही जिल्ला अदालतमा पेस गरेर थप अनुसन्धान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आजबाट दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुला भएको छ । गोंगबुको नयाँ बसपार्कलगायत स्थानमा बुकिङका लागि यात्रुको भीड लागेको छ । शनिबारबाटै यात्रु बाहिरिन थाल्ने भएकाले काउन्टरमा यात्रुको भीड लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले बताए । उनका अनुसार यात्रु लिएर जाने बस व्यवसायीले तयारी गर्न थालेका छन् । ...
। बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित क्षेत्रको यातायात सम्पर्क पुन:स्थापनाका लागि पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार ...
। जनकपुरधाममा धारिलो हतियार छुरा प्रहारबाट एक युवक हत्या भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिमपथ नजिकै बिहीबार साँझ करिब ७:१० बजे सोनारपट्टी दाहाचोक बस्ने करिब २४ वर्षीय आमिन साफी र सोही ठाउँका करिब २५ वर्षीय इम्तियाज राइनमाथि छुरा प्रहार भएको हो । उपचारको क्रममा आमिन साफीको प्रादेशिक अस्पताल जनकपुरमा ...
— पोखराको कालिका बोर्डिंग स्कुलको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परेर १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार, मृत्यु हुनेमा ३ छात्रा र १ छात्र रहेका छन् । साथै, स्कुलबसमा लिफ्ट मागेर चढेका एक अभिभावकको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका डीआईजी दीपेन्द्र जीसीका अनुसार ४ बिद्यार्थी र ...
। नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा तेस्रो वर्ष पनि स्वर्ण पदक प्राप्त गरेको छ । ३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी उक्त अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो । निकै कठोर मानिने यो अभ्यासमा नेपाली सेनाले सन् २०२४ देखि लगातार ...