मुख्य समाचार
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

: एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरु प्रदान गर्न थालेको छ।

यो टावरको सञ्चालन पश्चात मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाहरुले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन्। स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न हुने पर्यटकहरूका लागि पनि यसले सञ्चार सेवा थप भरपर्दो बनाउने कम्पनीले जनाएको छ।

“यो टावरको जडान र सञ्चालनसँगै हामीले फोरजी सेवाको पहुँच अझै बढाउँदै यसको फाइदा त्यहाँका स्थानियका साथै पर्यटकहरुलाई दिन सफल भएका छौं। यो हामी आम उपभोक्तालाई सुगमदेखि दुर्गमसम्म सेवा प्रदान गर्न सधैं कटिवद्ध रहेको एक स्पष्ट प्रमाण हो,” एनसेलकी हेड अफ नेटवर्क लेना केसरी कंसाकारले भनिन्।

हाल एनसेलले देशभर ४ हजार ५०० भन्दा बढि टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले गुणस्तरीय फोरजी सेवा विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा मार्मामा जडान गरिएको यो नयाँ टावरले टुजी र फोरजी प्रविधिमा आधारित दूरसञ्चार सेवा प्रदान गर्नेछ। यसबाट दुर्गम हिमाली क्षेत्रका बासिन्दाको सञ्चार पहुँचमा सुधार आउने र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले गुल्मीका नागरिकको अकालमै ज्यान गएको छ। पछिल्लो तीन आर्थिक वर्षमा मात्रै करेन्ट लागेर गुल्मीका सात जना नागरिकको ज्यान गइसकेको छ। अव्यवस्थित विद्युतका पोल, भुइँमा लथालिंग छरिएका तारसहित विद्युत करेन्ट प्रवाह हुने विभिन्न सामग्रीहरूको नियमित मर्मत सम्भार नगर्दा नागरिकहरूको ज्यान गएको हो। धुर्कोट गाउँपालिका-५ बस्तु गुल्मीका २४ वर्षीय ऋषिराम भण्डारीको मंगलवार ...
: एसीसी यु-१९ पुरुष एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिलले बिहीबार यु-१९ एसिया कपको तालिका सार्वजनिक गरेको हो। यो प्रतियोगिता नोभेम्बर ५ देखि १४ (कात्तिक १९ देखि २८ गते) सम्म ओमानमा सञ्चालन हुनेछ। नेपालले समूह ‘ए’ मा रहेर भारत, पाकिस्तान र यूएईसँग खेल्नेछ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया ...
। हुम्ला–मुगुको सीमावर्ती मिमी पाटन क्षेत्रमा जडीबुटी खोज्न गएका मुगुका दुई जना मृत भेटिएका छन् । मुगुम कार्मारोङ गाउँपालिका–९ का अङ्गबहादुर रोकाया र ललितजङ्ग बडुवाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक(डीएसपी) रविराज थपलियाका अनुसार रोकायाको शव असोज १७ गते मिमी पाटन क्षेत्रमा हिउँले पुरिएको अवस्थामा फेला परेको ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप सहुलियत दिने घोषणा गरेका छन्। मन्त्री श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत् प्राधिकरणको सेवा ग्राहकको हातमा पुर्‍याउने’ अवधारणाअनुसार डिजिटल भुक्तानीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। डिजिटल भुक्तानीबाट ग्राहकको समय र खर्च बचत हुनुका साथै नेपाल विद्युत् प्राधिकरणको प्रशासनिक भारसमेत घट्ने उनको भनाइ छ। मन्त्री ...
: चाँगुनारायण–२ दुवाकोटस्थित किराना पसल सञ्चालक जितबहादुर कार्कीलाई कुटपिट गरी सुनको सिक्री लुटेर फरार भएका पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्ने सबैजना एकै ठाउँका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपककुमार कार्कीले दिएको जानकारी अनुसार उनीहरूको स्थायी ठेगाना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १ रहेको छ। पक्राउ पर्नेमा २५ वर्षीय सुदिप लामा, ३२ ...