मुख्य समाचार
मन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता
मन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता

। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुन:स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो ।

भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको भोटेकोशीमा गएको बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिन् । उनले बाढीबाट प्रभावित समुदायको अवस्था र पुन:स्थापनाका प्रयासबारे चासो व्यक्त गर्दै नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री बादीले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास, विकास सहकार्य र जनस्तरीय सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरिन् ।

सन् २०२६ अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा गएको बाढीबाट महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना भएको जानकारी गराउँदै मन्त्री बादीले प्रभावित क्षेत्रको पुन:स्थापना र पुनर्निर्माणमा अमेरिकी सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरिन् ।

भेटमा मन्त्री बादीले बाढी प्रभावित समुदायको उद्धार, राहत, पुन:स्थापना तथा पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी काम गरिरहेको जानकारी दिइन् । मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको उनले बताइन् ।

भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमासमेत विस्तृत छलफल भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री किरण थापामगरलाई बुझाइएको छ । प्रदेश सरकारको आन्तरिक मामिला, कानु तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले बिहीबार सो प्रतिवेदन मुख्यमन्त्री थापामगरलाई बुझाएका हुन् । प्रतिवेदनमा बाढीका कारण हालसम्म एक हजार ४५५ जनाको ज्यान गइसकेको उल्लेख छ । यस्तै, हालसम्म ५ हजार २८५ ...
। मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न प्रतिबन्धबाट विशेष छुट दिएपछि उक्त उडान सञ्चालन भएको हो । सरकारी टेलिभिजनले प्रसारण गरेको दृश्यमा इराकको नजफबाट उडेको ...
। नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बोर्डले चालु आवको तेस्रो महिना चल्दै गर्दा नयाँ बजेट ल्याएको हो । गत आवमा १ अर्ब ५९ करोडको बजेट कार्यान्वयन गरेको बोर्डले ८९ करोड ४७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको थियो । जुन लक्ष्यको ५६ ...
। नेपाल पर्यटन बोर्डले त्रिशूली नदी करिडोरमा जलवायु सम्पदा क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा सोही कार्यक्रम समेटेको हो । यस कार्यक्रमका लागि बोर्डले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस वर्ष बोर्डले पर्यटन नीति, अध्ययन, अनुसन्धान र विश्लेषणका विभिन्न कार्यक्रम गर्न बजेट राखेको छ । जसमध्ये ...
। लुटपाटमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नविन राउत र काठमाडौं कीर्तिपुर नगरपालिका–६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत रहेका छन् । सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्कागाउँमा बा.२ ...