मुख्य समाचार
चाँडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो चर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन्
चाँडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो चर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन्

। चाँडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो चर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन् । प्रधानमन्त्रीको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको उनीनिकट स्रोत बताउँछ ।

प्रधानमन्त्रीको चासो र पर्यटनमन्त्रीको निर्देशनपछि क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा गरेको छ ।

छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने/गराउने र सो भाडादरबारे सूचना सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुन:स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो । भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको ...
। नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बोर्डले चालु आवको तेस्रो महिना चल्दै गर्दा नयाँ बजेट ल्याएको हो । गत आवमा १ अर्ब ५९ करोडको बजेट कार्यान्वयन गरेको बोर्डले ८९ करोड ४७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको थियो । जुन लक्ष्यको ५६ ...
। नेपाल पर्यटन बोर्डले त्रिशूली नदी करिडोरमा जलवायु सम्पदा क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा सोही कार्यक्रम समेटेको हो । यस कार्यक्रमका लागि बोर्डले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस वर्ष बोर्डले पर्यटन नीति, अध्ययन, अनुसन्धान र विश्लेषणका विभिन्न कार्यक्रम गर्न बजेट राखेको छ । जसमध्ये ...
। लुटपाटमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नविन राउत र काठमाडौं कीर्तिपुर नगरपालिका–६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत रहेका छन् । सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्कागाउँमा बा.२ ...
। पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष उनले आज शपथ लिएकी हुन्। आजको स्थायी कमिटी बैठकमा उनले शपथ लिएको एमालेले जनाएको छ। पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो । वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो ...