। आईसीसी ओडीआई टिम वरीयतामा नेपाली क्रिकेट टोली एक स्थान माथि उक्लिएको छ ।
आईसीसीले बिहीबार अद्यावधि गरेको नयाँ वरीयताअनुसार नेपाल १७औं स्थानबाट १६औं स्थानमा उक्लिएको हो ।
नेपालभन्दा माथि रहेको नामिबिया एक स्थान खस्किएका कारण नेपाल माथि उक्लिएको हो । नेपाल र नामिबियाको रेटिङ अंक भने समान २८ रहेको छ ।
नेपालले एसीसी प्रिमियर कप जितेयता कुनै ओडीआई खेल खेलेको छैन । नेपालले अब आइतबार लिग २ अन्तर्गतको शृङ्खलामा क्यानडासँग खेल्दैछ ।
नामिबियाले हाल अमेरिकामा भइरहेको ओडीआई शृङ्खला खेलिरहेको छ । यूएईसँगको खेल वर्षाले प्रभावित हुँदा अमेरिकासँग पराजित भयो ।