मुख्य समाचार
सीआईबीले बुझाएको प्रतिवेदन अध्ययन गर्दै सरकारी वकिल कार्यालय
सीआईबीले बुझाएको प्रतिवेदन अध्ययन गर्दै सरकारी वकिल कार्यालय

। अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र भएको खेल मिलेमतो तथा ठगी सम्बन्धु कसुरमा अनुसन्धन गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको प्रतिवेदन अध्ययन गर्ने काम भइरहेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सीआईबीले बुधबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

सीआईबीले उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ । यसबारेमा अध्ययन भइरहेको र शुक्रबारसम्म निर्णय आउने वकिलको कार्यालयले जनाएको छ ।

‘प्रतिवेदन बुधबार हामीले पाएका हौं, हामी यसलाई अध्ययन गरिरहेका छौं, भोलिसम्ममा निर्णय गरिसक्छौं’ जिल्ला न्यायाधिवक्ता गणेश पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

सीआईबीले गत २ असोजमा एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई पक्राउ गरेको थियो ।

उनीहरू पक्राउ परेपछि एन्फाका अध्यक्ष र महासचिव भने सम्पर्कविहीन छन् ।

राष्ट्रिय हित र प्रतिष्ठाविपरीत होमगेम विक्री, राखेपको निर्देशन अवज्ञा र अवैध भत्ता वितरण, महिला साफ गेममा होटल दररेटमा कमिसन र भ्रष्टाचार, बिनास्वीकृति आफुखुसी वैदेशिक भ्रमण, अनुदान रकमको दुरुपयोग र अनावश्यक नियुक्ति गरेको भन्दै एन्फाविरुद्ध उजुरी परेको थियो ।

यस्तै, विभिन्न समयमा भएका टेण्डरहरू प्रचलित कानून बमोजिम नगरको, विभिन्न प्रतियोगिताहरूमा मार्केटिङ, डिजिटल, बोर्डकाष्टिङ र टिकेटिङ राईट दिँदा भ्रष्टाचार गरेको समेतका व्यहोरा उठाइ एन्फाभित्र भइरहेको गम्भीर अनियमितता, भ्रष्टाचार र पदको दुरुपयोग सम्बन्धमा छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेपछि छानविन सुरु भएको थियो ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अर्न्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट २४ जुन यता एन्फा निलम्बनमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी ओडीआई टिम वरीयतामा नेपाली क्रिकेट टोली एक स्थान माथि उक्लिएको छ । आईसीसीले बिहीबार अद्यावधि गरेको नयाँ वरीयताअनुसार नेपाल १७औं स्थानबाट १६औं स्थानमा उक्लिएको हो । नेपालभन्दा माथि रहेको नामिबिया एक स्थान खस्किएका कारण नेपाल माथि उक्लिएको हो । नेपाल र नामिबियाको रेटिङ अंक भने समान २८ रहेको छ । नेपालले एसीसी प्रिमियर कप जितेयता कुनै ...
: आखिल नेपाल फुपटबल संघ (एन्फा) का चारजना पदाधिकारीमाथि सीआईबीले मुद्दा चलाउन सिफारिस गरेको छ। एन्फाका पदाधिकारीविरुद्ध परेका उजुरीमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एन्फाका दुईजना पदाधिकारीलाई पक्राउ गरिसकेको छ। सीबीआईका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पौडेल हाल सीआईबीको नियन्त्रणमा रहेका छन्। उनले अन्नपूर्ण पोष्टसँग ...
: आइसीसी लिग-२ को उपाधि अमेरिकाले जितेको छ। नामिबियालाई ४ विकेटले पराजित गरेपछि दुई खेल अगावै अमेरिका च्याम्पियन बनेको हो। डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा बुधबार भएको खेलमा नामिबियाले दिएको २ सय ९९ रनको लक्ष्य अमेरिकाले सात बल बाँकी छँदै पूरा गरेको हो। अमेरिकाको जितमा कप्तान मोनांक पटेल नायक बने। उनले १ सय ८ रनको शतकीय ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन बुधबार सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो । साथै अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई प्रतिवादी ...
। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम ...