मुख्य समाचार
चाडपर्व नजिकिएसँगै विराटनगर र आसपासका बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा २९ वटा फर्म कारबाहीमा
चाडपर्व नजिकिएसँगै विराटनगर र आसपासका बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा २९ वटा फर्म कारबाहीमा

: चाडपर्व नजिकिएसँगै विराटनगर र आसपासका बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा २९ वटा फर्म कारबाहीमा परेका छन् ।

बिल–बिजकबिनै भण्डारण गरिएको ५४० किलो सुपारी बरामद हुनुका साथै तीनवटा औषधि पसलमा सिलबन्दी गरिएको छ । बजार अनुगमनका क्रममा भिसाको दुरुपयोग गरेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई समेत नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा असोज ९ गतेदेखि विराटनगर महानगरपालिका तथा आसपासका स्थानमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा ७४ वटा फर्मको निरीक्षण गरिएको थियो ।

तीमध्ये विभिन्न कसुरमा २९ वटा फर्मलाई कुल ६ लाख ९२ हजार रुपैयाँ जरिबाना गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा विराटनगर–९ स्थित जयराज ट्रेडर्सको गोदाममा बिल–बिजकबिनै राखिएको ५४० किलोग्राम सुपारी फेला परेको थियो । बरामद सुपारी जिल्ला प्रहरी कार्यालय मोरङमार्फत नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कोइरालाले बताए ।

कर तथा लेखासम्बन्धी मापदण्ड पालना नगर्ने, बिल तथा बिजक जारी नगर्ने, खरिद–बिक्री खाता दुरुस्त नराख्ने तथा करसम्बन्धी अन्य प्रावधान उल्लंघन गर्ने १९ वटा फर्मलाई एक लाख ९२ हजार रुपैयाँ जरिबाना गरिएको छ । उपभोक्ता संरक्षणसम्बन्धी प्रावधान उल्लंघन गर्दै लेबल नभएका, पुनःप्याकेजिङ गरिएका तथा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने आठवटा फर्मलाई ७५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

अनुगमन टोलीले खाद्यान्न, औषधि, होटल तथा रेस्टुरेन्ट, कपडा, जुत्ता–चप्पल, माछा–मासु र दुग्धजन्य पदार्थलगायतका व्यवसायको निरीक्षण गरेको थियो । मापदण्ड पूरा नगरेका तथा आवश्यक नवीकरण नगरेका विराटनगरका इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसीमा सिलबन्दी गरिएको छ । पाँचवटा फर्मलाई भने आवश्यक कारबाहीका लागि सम्बन्धित नियमनकारी निकायमा उपस्थित हुन निर्देशन दिइएको छ ।

बजार अनुगमनकै क्रममा भिसाको दुरुपयोग गरेको आरोपमा दुई जना चिनियाँ नागरिकसमेत नियन्त्रणमा परेका छन् । विराटनगर–९ स्थित योनो ट्रेड सप्लायर्सका सञ्चालक सिए जिङ्सियान र विराटनगर–२ स्थित एभरपिकका सञ्चालक लु जुजियाङले प्राप्त भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएपछि प्रहरीमार्फत नियन्त्रणमा लिएर अध्यागमन विभाग, काठमाडौं पठाइएको कोइरालाले जानकारी दिए ।

चाडपर्वका बेला बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम मूल्यवृद्धि तथा उपभोक्ता ठगी नियन्त्रणलाई लक्षित गरी अनुगमनलाई तीव्रता दिइएको प्रशासनले जनाएको छ । उपभोक्ताको अधिकार संरक्षण, वस्तुको गुणस्तर र मूल्यमा निगरानी, नापतौलको शुद्धता तथा व्यवसायमा पारदर्शिता कायम गर्न बजार अनुगमनलाई निरन्तरता दिइने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

अनुगमनका क्रममा कारबाहीमा परेका अन्य फर्ममा ताण्डव रेस्ट्रो, किरण ट्रेडर्स, ए टु जेट सप्लायर्स, न्यु जय माँ काली होटल, गुरुदेव स्वीट, करिया मिट सप र शान्ती किरानालगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल पर्यटन बोर्डले दसैंका अवसरमा लिङ्गे पिङ निर्माण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । देशका विभिन्न स्थानमा १ सय वटा पिङ निर्माण गर्न बोर्डले बजेट सहयोग गर्ने गरी चालु आवको बजेटमा व्यवस्था गरेको छ । यस वर्ष पर्यटन सम्पदा विकासतर्फ बोर्डले भारततर्फका विभिन्न नाकामा नमस्ते सेन्टर वा सोही प्रकृतिको सूचना केन्द्र स्थापना, ...
। काठमाडौंको काँडाघारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके २७ वटा मुद्दामा संलग्न रहेको पाइएको छ । प्रहरीले बुधबार राति पौने १० बजेको समयमा गोली हानेर लुटेरा आर्यन माझीसहित अन्य दुई जनालाई पक्राउ गरेको थियो । माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, ईलाका प्रहरी कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरी मुद्दामा ...
। चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो १० दिनमा भएको संयुक्त बजार अनुगमनमा विभिन्न कसुर भेटिएका २९ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । ती फर्मबाट ६ लाख ९२ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सञ्चालित अनुगमन अभियानका ...
। अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा गएर नै विद्युत् महसुल तिर्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका १ सय २९ वितरण केन्द्र अन्तर्गत शाखामा हाल ६ सय ५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन् । ती काउन्टर मार्फत प्राधिकरणले भौतिक रूपमै ग्राहकबाट विद्युत् महसुल संकलन गर्दै आएको छ । त्यसका लागि वार्षिक ५९ करोड ...
। चाँडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो चर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन् । प्रधानमन्त्रीको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको उनीनिकट स्रोत बताउँछ । प्रधानमन्त्रीको चासो र पर्यटनमन्त्रीको निर्देशनपछि क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा गरेको ...