मुख्य समाचार
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव

। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

त्रिविका रजिस्ट्रार रबिन्द्र शिवाकोटीका अनुसार प्रस्तावित बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो ।

बजेटलाई नियमित कार्यक्रम, आन्तरिक कार्यक्रम र विकास कार्यक्रमका रूपमा प्रस्तुत गरिएको उनले जानकारी दिए ।

प्रस्तावित कुल बजेटमध्ये त्रिविको आन्तरिक स्रोतबाट १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ अर्थात् ४९.३८ प्रतिशत र नेपाल सरकारको बजेटबाट १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ अर्थात् ५०.६२ प्रतिशत व्यहोर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, कुल बजेटको ८६.१४ प्रतिशत सञ्चालन खर्च र १३.८६ प्रतिशत पुँजीगत खर्चतर्फ हुने प्रक्षेपण गरिएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ अनुदान विनियोजन गरेको छ ।

शिवाकोटीका अनुसार गत वर्षको तुलनामा सरकारले यसपटक ४ अर्ब ८० करोड रुपैयाँ कम विनियोजन गरेको छ ।

त्यसमा राष्ट्रसेवक शिक्षक तथा कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि र वृद्धि भएको रकममा १० प्रतिशत प्रोत्साहन भत्ताको दायित्वसमेत थपिँदा त्रिविलाई ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ अपुग हुने देखिएको उनले बताए ।

अपुग रकम नेपाल सरकारबाट प्राप्त हुन नसके अनिवार्य दायित्वअन्तर्गतका खर्चसमेत व्यहोर्न नसक्ने अवस्था आउने जानकारी सरकारले पाउँदै आएको शिवाकोटीले बताए ।

उनले अनिवार्य दायित्वअन्तर्गत आवश्यक रकम व्यवस्था गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी सभालाई गराउँदै उक्त नपुग रकमको व्यवस्था गरिदिन प्रधानमन्त्री एवं त्रिविका कुलपतिसमक्ष अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल पर्यटन बोर्डले दसैंका अवसरमा लिङ्गे पिङ निर्माण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । देशका विभिन्न स्थानमा १ सय वटा पिङ निर्माण गर्न बोर्डले बजेट सहयोग गर्ने गरी चालु आवको बजेटमा व्यवस्था गरेको छ । यस वर्ष पर्यटन सम्पदा विकासतर्फ बोर्डले भारततर्फका विभिन्न नाकामा नमस्ते सेन्टर वा सोही प्रकृतिको सूचना केन्द्र स्थापना, ...
। काठमाडौंको काँडाघारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके २७ वटा मुद्दामा संलग्न रहेको पाइएको छ । प्रहरीले बुधबार राति पौने १० बजेको समयमा गोली हानेर लुटेरा आर्यन माझीसहित अन्य दुई जनालाई पक्राउ गरेको थियो । माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, ईलाका प्रहरी कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरी मुद्दामा ...
। चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो १० दिनमा भएको संयुक्त बजार अनुगमनमा विभिन्न कसुर भेटिएका २९ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । ती फर्मबाट ६ लाख ९२ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सञ्चालित अनुगमन अभियानका ...
। अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा गएर नै विद्युत् महसुल तिर्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका १ सय २९ वितरण केन्द्र अन्तर्गत शाखामा हाल ६ सय ५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन् । ती काउन्टर मार्फत प्राधिकरणले भौतिक रूपमै ग्राहकबाट विद्युत् महसुल संकलन गर्दै आएको छ । त्यसका लागि वार्षिक ५९ करोड ...
। चाँडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो चर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन् । प्रधानमन्त्रीको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको उनीनिकट स्रोत बताउँछ । प्रधानमन्त्रीको चासो र पर्यटनमन्त्रीको निर्देशनपछि क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा गरेको ...