मुख्य समाचार
११ वर्षपछि वरिष्ठ नेता बनेर भण्डारी सहभागी
११ वर्षपछि वरिष्ठ नेता बनेर भण्डारी सहभागी

: नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलमा जारी बैठकमा एमालेले केन्द्रीय कमिटी बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता बनाएपछि पहिलोपटक बैठकमा सहभागी भएकी छन्।

गत केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेपछि आज पहिलो स्थायी कमिटी बैठक बसेको हो।

राष्ट्रपति हुन अगाडि भण्डारी एमालेको उपाध्यक्ष थिइन्। च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई दोस्रो वरीयता दिएर स्वागत गरेका थिए।बैठक सुरु हुन अगाडि भण्डारीले अध्यक्ष ‌ओलीसमक्ष वरिष्ठ उपाध्यक्ष पदको सपथ आजै गरेकी हुन्।

राष्ट्रपति बनेर भण्डारी लामो समयपछि काम गरिसकेकी उनी पार्टीको सक्रिय राजनीतिमा फर्किएकी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल पर्यटन बोर्डले दसैंका अवसरमा लिङ्गे पिङ निर्माण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । देशका विभिन्न स्थानमा १ सय वटा पिङ निर्माण गर्न बोर्डले बजेट सहयोग गर्ने गरी चालु आवको बजेटमा व्यवस्था गरेको छ । यस वर्ष पर्यटन सम्पदा विकासतर्फ बोर्डले भारततर्फका विभिन्न नाकामा नमस्ते सेन्टर वा सोही प्रकृतिको सूचना केन्द्र स्थापना, ...
। काठमाडौंको काँडाघारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके २७ वटा मुद्दामा संलग्न रहेको पाइएको छ । प्रहरीले बुधबार राति पौने १० बजेको समयमा गोली हानेर लुटेरा आर्यन माझीसहित अन्य दुई जनालाई पक्राउ गरेको थियो । माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, ईलाका प्रहरी कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरी मुद्दामा ...
। चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो १० दिनमा भएको संयुक्त बजार अनुगमनमा विभिन्न कसुर भेटिएका २९ वटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । ती फर्मबाट ६ लाख ९२ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सञ्चालित अनुगमन अभियानका ...
। अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा गएर नै विद्युत् महसुल तिर्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका १ सय २९ वितरण केन्द्र अन्तर्गत शाखामा हाल ६ सय ५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन् । ती काउन्टर मार्फत प्राधिकरणले भौतिक रूपमै ग्राहकबाट विद्युत् महसुल संकलन गर्दै आएको छ । त्यसका लागि वार्षिक ५९ करोड ...
। चाँडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो चर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन् । प्रधानमन्त्रीको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको उनीनिकट स्रोत बताउँछ । प्रधानमन्त्रीको चासो र पर्यटनमन्त्रीको निर्देशनपछि क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा गरेको ...