मुख्य समाचार
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन कुमार थापा र आफूले कुनै पनि निश्चित उम्मेदवारलाई भोट हाल्नका लागि कसैलाई निर्देशन वा दबाब नदिएको
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन कुमार थापा र आफूले कुनै पनि निश्चित उम्मेदवारलाई भोट हाल्नका लागि कसैलाई निर्देशन वा दबाब नदिएको

: नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन कुमार थापा र आफूले कुनै पनि निश्चित उम्मेदवारलाई भोट हाल्नका लागि कसैलाई निर्देशन वा दबाब नदिएको बताएका छन् ।

गृहजिल्ला झापा क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधिहरूसँग आज बिहान भएको भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ उपसभापति शर्माले महाधिवेशन प्रतिनिधि तथा मतदाताहरूले आफ्नो स्वविवेक प्रयोग गरेर सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन् ।

साथै आगामी नेतृत्व चयनमा विशेष महाधिवेशनमा सहभागी नेता-कार्यकर्ताका साथै पछि जोडिएका साथीहरूलाई पनि पदाधिकारी तथा केन्द्रीय समितिमा समेट्नुपर्नेमा जोड दिए। महाधिवेशन कुनै विशेष पक्षधरको मात्र नभई सिंगो नेपाली कांग्रेसको साझा थलो भएको उनले बताए।

'नेतृत्व चयनका क्रममा निर्वाचित भएर आउनेहरूमा विशेष महाधिवेशनमा सहभागी साथीहरू मात्र नभई पछि जोडिनुभएका साथीहरू पनि पदाधिकारी र केन्द्रीय सदस्यमा पर्नुपर्छ,' शर्माले भने,'यो महाधिवेशन कुनै एउटा पक्षको मात्र नभएर सिंगो कांग्रेसको हो।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा गएर नै विद्युत् महसुल तिर्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका १ सय २९ वितरण केन्द्र अन्तर्गत शाखामा हाल ६ सय ५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन् । ती काउन्टर मार्फत प्राधिकरणले भौतिक रूपमै ग्राहकबाट विद्युत् महसुल संकलन गर्दै आएको छ । त्यसका लागि वार्षिक ५९ करोड ...
। चाँडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो चर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाएका छन् । प्रधानमन्त्रीको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको उनीनिकट स्रोत बताउँछ । प्रधानमन्त्रीको चासो र पर्यटनमन्त्रीको निर्देशनपछि क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा गरेको ...
। चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैंमा सीमित नराखी तत्काल खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । ‘इफ यू सि समथिङ, से समथिङ’ अर्थात् ‘केही शंकास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको हो । चाडपर्व ...
। नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय आजको बैठकले गरेको छ। ‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रुपमा हामी भेला गर्छौं,’ स्थायी कमिटी बैठकपछि उनले भने। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका ...
। सरकारी कार्यालयहरूले खपत गरेको विद्युत् महसुल अब डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरण र महालेखा नियन्त्रक कार्यालयबीच सरकारी निकायले उपभोग गरेको विद्युत् महसुल विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । महालेखा नियन्त्रक कार्यालयको एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सेवा र नेपाल विद्युत् प्राधिकरणको संस्थागत ग्राहक भुक्तानी ...