मुख्य समाचार
सुदूरपश्चिम प्रदेश सरकारको बजेट सम्बन्धी परेको रिट निवेदनमा लिखित जवाफ पेस गर्न आदेश
सुदूरपश्चिम प्रदेश सरकारको बजेट सम्बन्धी परेको रिट निवेदनमा लिखित जवाफ पेस गर्न आदेश

। सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारको बजेट सम्बन्धी परेको रिट निवेदनमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको उत्प्रेषणसम्बन्धी रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी मुख्य न्यायाधिवक्ताको कार्यालय, सुदूरपश्चिम प्रदेशमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा रिट निवेदनको मागबमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने सम्बन्धमा आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।

यस्तै, सर्वोच्चको आदेशले निवेदकको मागबमाजिम अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । त्यसका लागि असोज २३ गते(शुक्रबार) छलफल तोकेको छ ।

‘निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा भने दुवै पक्ष राखी छलफल गर्न उपयुक्त देखिएकाले पेसी सूचीमा प्राथमिकतामा पर्नेगरी पेसी तोकी विपक्षीलाई आजै विद्युतीय माध्यमबाट तत्काल म्याद तामेल गरी नियमानुसार पेस गर्नु’, आदेशमा भनिएको छ ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटसम्बन्धमा अधिवक्ता उपाध्यायले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महोत्तरीबाट विद्युत्‌को ट्रान्सफर्मरको तामाको क्वाइलसहित ५ जना प्रहरीको नियन्त्रणमा परेका छन्। असोज १९ गते राति करिब ७ बजेको समयमा महोत्तरी, बर्दिबास नगरपालिका–१ स्थित हमाल टोलबाट ३३ केजी ट्रान्सफर्मरमा प्रयोग हुने तामाको क्वाइलसहित ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए। नियन्त्रणमा लिइएका व्यक्तिहरूमा सर्लाहीको गोडैता नगरपालिका–६, बगदहका ३१ वर्षीय इन्द्रजित ...
भीष्मराज आङ्देम्बेले अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन बनाउने दिशातर्फ डोर्‍याउन खोजेको आरोप
। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा बुधबार राति ८ बजेसम्म मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा ...
। ४६ लाख ३७ हजार रुपैयाँ भन्दा बढीका अवैध मुद्रासहित प्रहरीले एक चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक सुओलाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार राति सवा ८ बजे क्याथे प्यासिफिक एयरवेजको जहाजमार्फत हङकङ जान लागेका उनीसँग विमानस्थल सुरक्षा चेकजाँचका क्रममा अवैध मुद्रा भेटिएको प्रहरीले जनाएको छ । उनीसँग ११ लाख ८६ ...
: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टी बनाउने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा समसामयिक विषयसम्बन्धी प्रस्ताव पेश गर्दै शर्माले कांग्रेसलाई जनताको कुरा सुन्ने र लोकतान्त्रिक संस्कारलाई बलियो बनाउने पार्टीका रूपमा अघि बढाउनुपर्ने बताए। शर्माले पेश गरेको लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषय समेटिएको प्रस्ताव बन्दसत्रले ...