मुख्य समाचार
सरकारले बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोधलाई हटाउन कानुन संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिस
सरकारले बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोधलाई हटाउन कानुन संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिस

: सरकारले बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोधलाई हटाउन कानुन संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिस गरेको छ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोध हटाउने निर्णय गरेको हो।

भोटेकोशीको बाढीलाई मध्यनजर गर्दै यसभन्दा अघि १२ वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने प्रावधान रहेकोमा त्यसलाई ४५ दिन बनाउने व्यवस्था गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै मन्त्रिपरिषदले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिको लागि सिफारिस भएका १५३ जना पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।

बैठकले सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल प्रशासन सेवा समीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव चक्रबहादुर बुढालाई बढुवा गर्ने निर्णय गरेको छ।

प्रवक्ता पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका विषयमा सरकारी निकायले आफ्ना नियमित कामहरू गरिरहेको र त्यसमा थप केही खुलाउनुपर्ने भए सम्पत्ति शुद्धीकरण अथवा सम्बन्धित मन्त्रालयबाट खुल्ने जवाफ दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महोत्तरीबाट विद्युत्‌को ट्रान्सफर्मरको तामाको क्वाइलसहित ५ जना प्रहरीको नियन्त्रणमा परेका छन्। असोज १९ गते राति करिब ७ बजेको समयमा महोत्तरी, बर्दिबास नगरपालिका–१ स्थित हमाल टोलबाट ३३ केजी ट्रान्सफर्मरमा प्रयोग हुने तामाको क्वाइलसहित ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए। नियन्त्रणमा लिइएका व्यक्तिहरूमा सर्लाहीको गोडैता नगरपालिका–६, बगदहका ३१ वर्षीय इन्द्रजित ...
भीष्मराज आङ्देम्बेले अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन बनाउने दिशातर्फ डोर्‍याउन खोजेको आरोप
। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा बुधबार राति ८ बजेसम्म मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा ...
। ४६ लाख ३७ हजार रुपैयाँ भन्दा बढीका अवैध मुद्रासहित प्रहरीले एक चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक सुओलाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार राति सवा ८ बजे क्याथे प्यासिफिक एयरवेजको जहाजमार्फत हङकङ जान लागेका उनीसँग विमानस्थल सुरक्षा चेकजाँचका क्रममा अवैध मुद्रा भेटिएको प्रहरीले जनाएको छ । उनीसँग ११ लाख ८६ ...
: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टी बनाउने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा समसामयिक विषयसम्बन्धी प्रस्ताव पेश गर्दै शर्माले कांग्रेसलाई जनताको कुरा सुन्ने र लोकतान्त्रिक संस्कारलाई बलियो बनाउने पार्टीका रूपमा अघि बढाउनुपर्ने बताए। शर्माले पेश गरेको लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषय समेटिएको प्रस्ताव बन्दसत्रले ...