मुख्य समाचार
साउदी अरबमा नयाँ नियम: भिसा प्रक्रियाकै समयमा परिवार लैजान अनुमति
साउदी अरबमा नयाँ नियम: भिसा प्रक्रियाकै समयमा परिवार लैजान अनुमति

: साउदी अरबले दक्ष विदेशी कामदारहरूलाई उनीहरूको कार्य भिसा (Work Visa) को प्रक्रिया चलिरहेकै समयमा परिवारका योग्य सदस्यहरूलाई साउदी भित्र्याउन अनुमति दिने नयाँ नियम लागू गरेको छ। गृह मन्त्रालयले मंगबार एक घोषणा जारी गर्दै यसबारे जानकारी गराएको हो।

वैदेशिक मामिला मन्त्रालय तथा मानव संसाधन र सामाजिक विकास मन्त्रालयको समन्वयमा लिइएको यो निर्णयको मुख्य उद्देश्य साउदीमा कार्यरत विदेशी बासिन्दाहरूको जीवनस्तरमा सुधार ल्याउनु रहेको छ।

नयाँ व्यवस्थाअनुसार, योग्य मुख्य कामदार (घरमुली) ले आफ्ना पति/पत्नी, २५ वर्षमुनिका छोराहरू र अविवाहित छोरीहरूलाई साउदी ल्याउन सक्नेछन्।

सबै आवश्यक कानुनी कागजात र प्रमाणहरू पूरा भएको खण्डमा, मुख्य कामदारको रोजगार भिसा प्रक्रियासँगै परिवारका सदस्यहरूको प्रवेश भिसा पनि एकैसाथ जारी गरिनेछ।

मन्त्रालयका अनुसार परिवारका सदस्यहरू साउदी अरब पुगिसकेपछि त्यहाँको प्रचलित कानुन र नियमअनुसार उनीहरूको बसोबास अनुमति पत्र (इकामा) को बाँकी प्रक्रिया पूरा गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली वैज्ञानिक हेनरी बी. कागन र जापानी वैज्ञानिक केन्सो सोआईलाई प्रदान गरिने भएको छ ।असिमेट्रिक अर्गानिक सिन्थेसिस' मा 'नन-लिनियर इफेक्ट्स' र 'अटोक्याटालिसिस' सम्बन्धी महत्त्वपूर्ण खोज गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। स्टकहोमस्थित 'रोयल स्विडिस एकेडेमी अफ साइन्सेज' ले बुधबार विजेताहरूको नाम सार्वजनिक गरेको हो। रसायनशास्त्र नोबेल ...
इरानका राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकी–इजरायली युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । फार्स समाचार संस्थाका अनुसार पेजेस्कियनले सो फोनवार्ताका क्रममा अमेरिकासँगको शान्ति सम्झौता सम्भव रहेको पनि बताएका छन् । ‘यो क्षेत्रमा दीर्घकालीन शान्ति र सुरक्षा सुनिश्चित गर्ने सन्तुलित र निष्पक्ष सम्झौतामा पुग्न इरान पूर्ण रूपमा तयार छ,’ फोनवार्ताका क्रममा पेजेस्कियानले भने, ‘हाम्रो रेडलाइन इरानी जनताको ...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेस्कियन बीच फोनवार्ता भएको छ । वार्ताका क्रममा रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको इरानी राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार पेजेस्कियनले पुटिनलाई जन्मदिनको शुभकामना समेत दिएका थिए । कुराकानीका क्रममा पुटिनले वृहत रणनीतिक साझेदारी सन्धिअन्तर्गत तेहरान र मस्कोबीचको सहकार्य क्षेत्रमा भइरहेका वर्तमान घटनाक्रम ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले विश्वलाई पूर्ण विनाश हुनबाट जोगाएको भन्दै उनले याे पुरस्कारको हकदार आफू रहेको बताएका हुन् । पत्रकारहरूसँगकाे कुराकानीमा उनले भने, 'कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका थिएनन्। मैले आठ वटा युद्ध अन्त्य गराएको छु र सम्भवतः विश्वलाई ...
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...