मुख्य समाचार
बेनी–जोमसोम–कोरला सडकका अधिकांश स्थानमा ट्र्याक खुल्यो, सोमबारसम्म पूर्ण सञ्चालनको अपेक्षा
बेनी–जोमसोम–कोरला सडकका अधिकांश स्थानमा ट्र्याक खुल्यो, सोमबारसम्म पूर्ण सञ्चालनको अपेक्षा

। बाढी र पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकका अधिकांश स्थानमा यातायात सञ्चालनका लागि ट्र्याक खोल्ने काम सम्पन्न भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०८३ असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोले सडकखण्डका ५० भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो ।




हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा कालीगण्डकी नदीले बगाएको पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका–२ कुनौटा बाहेक अन्य सबै स्थानमा पहिरो पन्छाएर ट्र्याक खोल्ने काम सकिएको छ । ती स्थानमा सडक स्तरोन्नतिको काम भने जारी छ ।

पोखरेबगरमा ग्याबियन टो–वाल निर्माण गरी माटो भर्ने काम भइरहेको छ । त्यस्तै, कुनौटामा एक्साभेटर प्रयोग गरी सडकको ट्र्याक खोल्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।




मन्त्रालयका अनुसार बाँकी काम पनि तीव्र गतिमा अघि बढाइएकाले आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...