मुख्य समाचार
मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने
मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने

। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्।

कांग्रेस महाधिवेशनमा बोल्दै आङदेम्बेले मुलुकलाई जुनसुकै बेला ‘युक्रेन’ बनाउन सक्ने अवस्था आउन सक्ने भन्दै पार्टी टुट्न र फुट्न नहुने धारणा राखे।

‘मुलुकलाई कुन बेला युक्रेन बनाउँछन् थाहा छैन, त्यसैले नेपाली कांग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन,’ उनले भने।

उनले अहिले पार्टीभित्र नेतृत्वका लागि प्रतिस्पर्धाभन्दा नेतृत्वप्रति भरोसा गरेर अघि बढ्नुपर्ने बताए। १८ वर्षका युवादेखि ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसम्मले नेतृत्वप्रति भरोसा गरेको उल्लेख गर्दै उनले पार्टीका नेताहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।

आङदेम्बेले कांग्रेसलाई केवल सरकार बनाउने पार्टीका रूपमा सीमित गर्न नहुने बताए। उनका अनुसार कांग्रेसले विचार, सिद्धान्त र मुलुकको दीर्घकालीन दिशाका विषयमा बहस गर्नुपर्ने आवश्यकता छ।

‘कांग्रेस सरकार बनाउने पार्टी मात्र हो कि मुलुक बनाउने पार्टी हो भन्नेमा अब बहस हुनुपर्छ,’ उनले भने,’ पार्टीलाई सत्ता प्राप्त गर्ने माध्यम बनाइए फेरि पुरानै अवस्था पुगिन्छ’

सत्तामा जानकै लागि विभिन्न शक्ति र प्रवृत्तिसँग जोडिँदै जाँदा कांग्रेस आफ्नो विचार र सिद्धान्तबाट स्खलित भएको उनको भनाइ थियो। सत्ताप्राप्तिलाई मात्रै केन्द्रमा राख्दा पार्टी कमजोर हुने भन्दै उनले त्यसबाट पाठ सिक्नुपर्ने बताए।

उनले कांग्रेसले अनुहार परिवर्तन मात्र नभई युगलाई दिशानिर्देश गर्ने राजनीतिक शक्ति बन्नुपर्ने धारणा राखे। ‘हामीले अनुहार परिवर्तन मात्र गर्ने होइन युगलाई दिशानिर्देश गर्नुपर्छ,’ उनले भने।

देशको अवस्था र राष्ट्रिय मुद्दाप्रति कांग्रेस गम्भीर हुनुपर्ने उल्लेख गर्दै आङदेम्बेले राष्ट्रियता र मुलुकका समस्यासँग पार्टीको सम्बन्ध जोडिनुपर्ने बताए।

उनले नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा आफू प्रतिबद्ध रहेको पनि बताए। ‘सबैलाई समेटेर जाने कुरामा भीष्म आङदेम्बे छ,’ उनले भने।

कांग्रेसको नेतृत्व र संगठनलाई बलियो बनाउन प्रत्येक जिल्लामा रहेका नेता–कार्यकर्तालाई एकताबद्ध गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो। पार्टीलाई सत्ता प्राप्त गर्ने माध्यम बनाइए फेरि पुरानै अवस्थामा फर्किने चेतावनीसमेत उनले दिए।

आङदेम्बेले महाधिवेशनपछि कांग्रेस नयाँ ऊर्जा र विचारसहित अघि बढ्ने अपेक्षा व्यक्त गर्दै पार्टीलाई विचार र सिद्धान्तबाट विचलित हुन नदिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...
। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ । त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ । निर्वाचन कार्यतालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ । यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ...
। कोरिया पठाउने भन्दै २ वर्षदेखि अलपत्र पारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २८ वर्षीय गणेश पाण्डे छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । एक महिलाले कोरिया पठाउने भन्दै २ वर्षदेखि आफ्नो छोरालाई अलपत्र पारको भन्दै टिकटकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै ...