नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित भएको छ। जारी १५औं महाधिवेशनमा उपसभापति शर्माले ‘समसामयिक प्रतिवेदन-२०८३’ प्रस्तुत गरेका थिए।
आज बुधबारको बन्द सत्रले उनको प्रतिवेदन ताली बजाएर पारित गरेको हो।
। कोरिया पठाउने भन्दै २ वर्षदेखि अलपत्र पारेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २८ वर्षीय गणेश पाण्डे छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
एक महिलाले कोरिया पठाउने भन्दै २ वर्षदेखि आफ्नो छोरालाई अलपत्र पारको भन्दै टिकटकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै ...
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्य र सहयोग विस्तारका विषयमा छलफल भएको छ ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य ...
। इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोहबाट पीडित भएकाहरुलाई उजुरी दिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आह्वान गरेको छ ।
सीआईबीले एक सूचना जारी गर्दै ठगी आरोपमा पक्राउ परेका भरतप्रसाद चौलागाईंसमेतका व्यक्तिबाट पीडित भए उजुरी दिने आग्रह गरेको छ । यो ठगी प्रकरणमा अहिलेसम्म चौलागाईंसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए ...
। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्किएको छ ।
समृद्धि फाउन्डेसनले क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा आज सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रताः २०२६ वार्षिक प्रतिवेदन अनुसार नेपाल १६५ देशमध्ये ९० औँ स्थानमा रहेको छ । गत वर्ष नेपाल ८९ औँ स्थानमा थियो । यस वर्ष समृद्धि फाउन्डेसनले लगातार १९ औँ पटक नेपालमा यो वार्षिक प्रतिवेदन ...
। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता भएको छ ।
अब नेपाली सेनाले देशका ३२ वटा जिल्लामा रहेका आफ्ना ब्यारेकहरूका लागि डीडीसीबाटै नियमित दूध किन्नेछ ।
नेपाली सेना र संस्थानबीच भएको सम्झौताअनुसार सेनाका ब्यारेकलाई अब दैनिक १० हजार २ सय ५१ लिटर (वार्षिक ३७ लाख ४१ हजार ...