मुख्य समाचार
फ्रान्समा विद्यार्थीहरुले थप स्रोतसाधनको माग गर्दै थालेको आन्दोलन चर्किंदै
फ्रान्समा विद्यार्थीहरुले थप स्रोतसाधनको माग गर्दै थालेको आन्दोलन चर्किंदै

। फ्रान्समा विद्यार्थीहरुले थप स्रोतसाधनको माग गर्दै थालेको आन्दोलन चर्किंदै जाँदा सयौं उच्च मावि प्रभावित भएका छन् ।

केही स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् । साथै कर्मचारी, विद्यार्थी र प्रहरीहरु घाइते भएका छन् । प्रहरीको दंगा नियन्त्रणसम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते हुन थालेपछि सरकारको आलोचना पनि बढेको छ । यसबाट राष्ट्रपति इम्यानुएल म्याक्रोनको सरकार दबाबमा परेको बताइएको छ ।

गृहमन्त्री लरेन्ट नुनेजका अनुसार हालसम्म प्रहरीले ६ हजार १०० भन्दा बढीलाई पक्राउ गरेको छ भने ७१५ जना प्रहरी अधिकारी घाइते भएका छन् । गृहमन्त्री नुनेजले प्रहरीको प्रतिक्रिया लगभग सबै घटनामा परिस्थितिअनुसार उचित रहेको दाबी गरेपछि आक्रोश बढेको बताइएको छ ।

स्रोत साधनको माग गर्दै सुरु भएको थियो प्रदर्शन

फ्रान्सको राष्ट्रिय आदर्श वाक्य ‘स्वतन्त्रता, समानता, भ्रातृत्व’को प्रतिज्ञाका बाबजुद विपन्न विद्यालयका विद्यार्थीले पर्याप्त स्रोत र अवसर नपाएको विषयलाई लिएर प्रदर्शन सुरु भएको थियो ।

विद्यार्थीहरुले कक्षाकोठामा डेस्कबेन्च र कुर्सीजस्ता आधारभूत सामग्रीको अभाव, वातानुकूलन नभएका कारण गर्मीमा अत्यधिक तात्ने कक्षाकोठा, कर्मचारी अभाव लगायतका गुनासो सम्बोधनको माग गरेका छन् ।

यस्ता विभिन्न मागसहित सेप्टेम्बरको मध्यतिर पेरिस क्षेत्रबाट सुरु भएको प्रदर्शन अन्य सहर तथा नगरमा पनि फैलिँदै गएको छ ।

उच्च माध्यमिक विद्यालयसम्बन्धी आन्दोलनको समर्थनमा मजदुर युनियनले पनि र्‍याली निकालेका छन् । मंगलबार पेरिसमा भएको प्रदर्शनमा सहभागीहरुले ‘तपाईं भन्नुहुन्छ, युवाहरू नै भविष्य हुन्, त्यसैले उनीहरूको कुरा सुन्नुहोस्,’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच झडप हुँदा २७० भन्दा बढीको मृत्यु भएको छ । साउदी अरबको समर्थन प्राप्त यमनी सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुन: आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण सुरु गरेपछि देशमा लडाइँ तीव्र बनेको हो । समाचार एजेन्सी एएफपीका अनुसार झडपमा परी २४ घण्टामै दुवै पक्षका २७० भन्दा बढीको ...
। द रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सन् २०२६ को नोबेल भौतिकशास्त्र पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गर्ने निर्णय गरेको छ । आइसक्यूब न्युट्रिनो अब्जर्भेटरीको स्थापना र अन्तरिक्षका उच्च ऊर्जा युक्त न्युट्रिनो कणहरू पत्ता लगाएकाले उनलाई यो पुरस्कार दिइएको हो । हाल्जेनले दक्षिण ध्रुवको बरफ प्रयोग गरेर न्युट्रिनो कणहरू र्ट्याक गर्न सकिने अवधारणा ल्याएका थिए । उनले ...
: स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलेअचानक आम निर्वाचनको घोषणा गरेका छन्। निर्धारित कार्यतालिका अनुसार स्पेनमा आगामी आम निर्वाचन सन् २०२७ को गर्मी याममा हुनुपर्ने थियो, तर अब आगामी २९ नोभेम्बर २०२६ मा निर्वाचन हुने भएको छ। देशमा अकासिँदो घरभाडा र आवास संकटलाई लिएर जनआक्रोश बढेपछि सरकारले सोमबार यो निर्णय लिएको हो। हालै ८७ वर्षीया एक वृद्धाको घरभाडा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो डिजेलको मूल्य नियन्त्रण गर्न कर छुट दिइएको ‘रेड–डाइड डिजेल’ (रातो रंगको डिजेल) सवारी साधनमा पनि प्रयोग गर्न दिने निर्णय गरेका छन् । ट्रम्पले सोमबार राति कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यस्तो व्यवस्था गरेका हुन् । आदेशअनुसार ‘अफ–रोड’ प्रयोगका लागि कर छुट दिइएको र रातो रङ लगाइएको डिजेललाई अस्थायी रूपमा राजमार्गमा चल्ने ...
। बेलायती गृह मन्त्रालय (होम अफिस) ले गत ३० सेप्टेम्बरमा बकिङ्घमसायर न्यू युनिभर्सिटीको विद्यार्थी प्रायोजन गर्न मिल्ने इजाजतपत्र (स्पोन्सर लाइसेन्स) निलम्बन गरेपछि नेपालीसहित सयौं विद्यार्थी प्रभावित भएका छन् । निलम्बन तुरुन्त लागू भएपछि सरकारले विश्वविद्यालयलाई इजाजतपत्र प्राप्त प्रायोजकहरुको सूचीबाट समेत हटाएको छ । इंगल्याण्डको हाइवेकम्बसहित लन्डन र नटिङ्घममा समेत रहेको उक्त विश्वविद्यालयले गृह मन्त्रालयले उठाएका धेरैजसो विषय ...