। प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ २६ देखि २८ असोजमा हुने भएको छ ।
समिति सचिवालयले २६, २७ र २८ असोजमा सुनुवाइ गर्ने मिति आज बसेको संसदीय सुनुवाइ समितिमा प्रस्ताव राखेका थियो । जसलाई समितिले स्वीकार गरेको हो ।
प्रस्तावित १३ वटा राजदूतहरू विरुद्ध ७ वटा उजुरी परेको छ । २ वटा सबै विरुद्ध परेको छ भने ५ वटा एक-एक जना व्यक्ति तोकेर उजुरी परेको छ ।
राजदूतहरू विरुद्ध प्राप्त उजुरी आज सुनुवाइ समिति सदस्यहरूलाई वितरण गरिएको छ । साथै, प्रस्तावित राजदूतका कार्ययोजना पनि समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।