मुख्य समाचार
मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दसैं अघि नै सुरक्षित ठाउँमा पुनस्थापित गर्नेगरि काम भइरहेको बताएका छन्
मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दसैं अघि नै सुरक्षित ठाउँमा पुनस्थापित गर्नेगरि काम भइरहेको बताएका छन्

: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दसैं अघि नै सुरक्षित ठाउँमा पुनस्थापित गर्नेगरि काम भइरहेको बताएका छन्।

सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले बाढी प्रभावित नागरिकहरूलाई सकेसम्म दसैं अघि नै सुरक्षित ठाउँमा पुनस्थापित गरी चाडपर्वको माहोल बनाउने लक्ष्यका साथ स्थानीय तहसँग समन्वय गरेर जग्गा पहिचानको काम भइरहेको बताएका हुन्।

उनले स्थानीय तह,विपद् व्यवस्थापन प्राधिकरण र सरकारमार्फत दिइने राहत तथा क्षतिपूर्तिको समीक्षा गरी समयमै उपलब्ध गराइने बताए। मन्त्री लम्सालले बेली ब्रिजहरू स्टकमा उपलब्ध रहेपनि त्रिशूली नदीमा हाल्नका लागि कम्तीमा १०० देखि १२२ मिटरसम्म लामो बेली ब्रिज आवश्यक पर्ने तर त्यो लम्बाइको ब्रिज उपलब्ध नभएको उल्लेख गरे ।

विश्वभरका बेली ब्रिज उत्पादन गर्ने कम्पनीहरूसँग सहकार्य गर्दा पनि हवाई मार्गबाट तुरुन्तै ल्याउन सकिने गरी स्टक नभेटिएकाले पछि अर्डर दिइएको उनले बताए। उनले पुरानै ठाउँमा राजमार्ग नबनाइने,नयाँ अलाइनमेन्ट सुरक्षित हुने गरि फरक डिजाइन तयार गरिने जानकारी दिए।

बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्म कुमार मैनालीले रसुवा बाढीका कारण २ खर्ब २७ अर्ब रुपैयाँको क्षति भएको जानकारी दिए । क्षति पुगेका २० वटा झोलुङ्गे पुलहरू मध्ये १२ वटाको मर्मत सम्पन्न भइसकेको छ भने बाँकी ८ वटा मर्मतको प्रक्रियामा रहेको र नुवाकोटको ढुङ्गे–बेत्रावती सडकखण्ड खुला गरी यातायात सञ्चालनमा ल्याइएको उनले बताए ।

उनले नुवाकोट र रसुवालाई जोड्का लागि बेत्रावतीमा बेली ब्रिज राख्ने काम भइरहेकाले आगामी सोमबारसम्ममा सञ्चालनमा ल्याएर धुन्चेसम्मको पहुँच जोड्ने लक्ष्य राखिएको उल्लेख गरे।

त्यस्तै रसुवागढी सडकका बिभिन्न स्थानमा ४–५ वटा बेली ब्रिजहरू निर्माण गर्नुपर्ने भएकाले दसैं अगाडि सडकखण्ड जोडिन सम्भव नरहेको बताए। बेत्रावती–मेलुङ–स्याफ्रुबेँसीको पुरानो बाटो छाडेर वैकल्पिक मार्गबाट कनेक्टिभिटी अघि बढाउने काम भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नजिकिंदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३असोजदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायहरू बीच भएको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो। चाडबाडको समयमा काठमाडौंबाट बाहिरिने यात्रुहरूको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ ...
: गत भदौ १० भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि सरकारले अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विभिन्न साझेदार संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको हो। बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघसंस्थाहरूलाई आफूले ...
। सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत् सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचारविमर्श भएको थियो । भेटका अवसरमा सभामुख अर्यालले नेपाल ...
। गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि कुनै उन्मुक्ति नपाउने भन्दै उनले त्यस्ता व्याक्तिलाई कानुनको कठघरामा ल्याउने बताए । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार सरकारले सशस्त्र प्रहरीका एआईजी ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताएका छन् । मंगलबार संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् । उनले तातोपानी नाका पुन: सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिए । मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको ...