मुख्य समाचार
मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताए
मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताए

। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् ।

सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले उक्त जानकारी दिएका हुन् ।

‘रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा पनि हामी लागिरहेका छौं । अहिले तातोपानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन । तातोपनी नाका संचालनको लागी नेपाली पक्षले तत्कालै त्यो बाटो सञ्चालनमा ल्याइसकेको छ,’ मन्त्री लम्सालले भने, ‘अहिले पनि हामी तयार छौं । हाम्रो लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन । चीन पक्षसँग पनि हामी नियमित संवादमा छौँ । दैनिकजसो नै संवाद भइरहेको छ ।’

विपद्का कारण नाका सञ्चालनमा समस्या आएपनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुन:स्थापनाका लागि काम गरिरहेको बताए । उनले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भएपनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी दिए ।

‘उहाँहरू अझै तयार भइसक्नुभएको छैन । हाम्रो संवाद निरन्तर भइरहेको छ । बाढी जाने तथा अन्य विपद्का कारण देखाएर चिनियाँ सरकार यस्ता अवस्थामा केही हदसम्म अनिच्छुक हुने गरेको देखिन्छ,’ उनले भने, ‘विपद्को अवस्थामा नाका सञ्चालन गर्नका लागि उहाँहरूले अझै ‘ग्रिन सिग्नल’ दिइसक्नुभएको छैन । हामी प्रयास गरिरहेका छौं । मलाई लाग्छ, चाँडै नै हामी नाका खोल्न सफल हुनेछौं ।’

मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुन: सञ्चालन गर्नमा पनि सरकारले योजना बनाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नजिकिंदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३असोजदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायहरू बीच भएको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो। चाडबाडको समयमा काठमाडौंबाट बाहिरिने यात्रुहरूको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ ...
: गत भदौ १० भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि सरकारले अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विभिन्न साझेदार संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा तत्काल अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको हो। बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघसंस्थाहरूलाई आफूले ...
। सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत् सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचारविमर्श भएको थियो । भेटका अवसरमा सभामुख अर्यालले नेपाल ...
। गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि कुनै उन्मुक्ति नपाउने भन्दै उनले त्यस्ता व्याक्तिलाई कानुनको कठघरामा ल्याउने बताए । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार सरकारले सशस्त्र प्रहरीका एआईजी ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताएका छन् । मंगलबार संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् । उनले तातोपानी नाका पुन: सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिए । मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको ...