मुख्य समाचार
२०२६ को नोबेल भौतिकशास्त्र पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गर्ने निर्णय
२०२६ को नोबेल भौतिकशास्त्र पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गर्ने निर्णय

। द रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सन् २०२६ को नोबेल भौतिकशास्त्र पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आइसक्यूब न्युट्रिनो अब्जर्भेटरीको स्थापना र अन्तरिक्षका उच्च ऊर्जा युक्त न्युट्रिनो कणहरू पत्ता लगाएकाले उनलाई यो पुरस्कार दिइएको हो ।

हाल्जेनले दक्षिण ध्रुवको बरफ प्रयोग गरेर न्युट्रिनो कणहरू र्ट्याक गर्न सकिने अवधारणा ल्याएका थिए । उनले सन् १९८८ मा पहिलोपटक यो योजना प्रस्तुत गरेका थिए ।

न्युट्रिनोहरू ब्रह्माण्डभरि फैलिएका हुन्छन् । यी कणहरू पृथ्वी र मानव शरीरबाट सहजै पार हुन्छन् । कहिलेकाहीँ मात्र न्युट्रिनो कुनै एटमिक न्युक्लियससँग ठोक्किन्छ ।

एटमिक न्युक्लियससँग ठोकिँदा उत्पन्न हुने प्रकाशको चमकलाई सफा बरफमा राखिएका सेन्सरहरूले रेकर्ड गर्छन् । यसै सिद्धान्तका आधारमा दक्षिण ध्रुवमा एक क्युबिक किलोमिटर क्षेत्र ओगटेको आइसक्यूब अब्जर्भेटरी सन् २०११ मा निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलेअचानक आम निर्वाचनको घोषणा गरेका छन्। निर्धारित कार्यतालिका अनुसार स्पेनमा आगामी आम निर्वाचन सन् २०२७ को गर्मी याममा हुनुपर्ने थियो, तर अब आगामी २९ नोभेम्बर २०२६ मा निर्वाचन हुने भएको छ। देशमा अकासिँदो घरभाडा र आवास संकटलाई लिएर जनआक्रोश बढेपछि सरकारले सोमबार यो निर्णय लिएको हो। हालै ८७ वर्षीया एक वृद्धाको घरभाडा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो डिजेलको मूल्य नियन्त्रण गर्न कर छुट दिइएको ‘रेड–डाइड डिजेल’ (रातो रंगको डिजेल) सवारी साधनमा पनि प्रयोग गर्न दिने निर्णय गरेका छन् । ट्रम्पले सोमबार राति कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यस्तो व्यवस्था गरेका हुन् । आदेशअनुसार ‘अफ–रोड’ प्रयोगका लागि कर छुट दिइएको र रातो रङ लगाइएको डिजेललाई अस्थायी रूपमा राजमार्गमा चल्ने ...
। बेलायती गृह मन्त्रालय (होम अफिस) ले गत ३० सेप्टेम्बरमा बकिङ्घमसायर न्यू युनिभर्सिटीको विद्यार्थी प्रायोजन गर्न मिल्ने इजाजतपत्र (स्पोन्सर लाइसेन्स) निलम्बन गरेपछि नेपालीसहित सयौं विद्यार्थी प्रभावित भएका छन् । निलम्बन तुरुन्त लागू भएपछि सरकारले विश्वविद्यालयलाई इजाजतपत्र प्राप्त प्रायोजकहरुको सूचीबाट समेत हटाएको छ । इंगल्याण्डको हाइवेकम्बसहित लन्डन र नटिङ्घममा समेत रहेको उक्त विश्वविद्यालयले गृह मन्त्रालयले उठाएका धेरैजसो विषय ...
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई आत्मरक्षा गर्ने अधिकार रहेको बताएका छन् । मेरील्यान्डस्थित संयुक्त सैन्य आधार एर्न्ड्युजमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले यस्तो बताएका हुन् । ‘स्पष्ट रूपमा साउदीहरू हुथीको आक्रमणमा परेका छन्, र उनीहरूलाई आफ्नो रक्षा गर्ने अधिकार छ,’ रुबियोले भने । उनले साउदी अरब वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकार दुवै उक्त क्षेत्रमा ...
संयुक्त राष्ट्र महासभामा सहभागी हुन न्युयोर्क पुगेका इरानी प्रतिनिधिमण्डलका थप दुई कूटनीतिज्ञहरूलाई अमेरिकाले देशबाट निष्कासित गरेको छ। अमेरिकी विदेश मन्त्रालयको कडा आदेश र ताकेतापछि पनि तोकिएको समयभित्र देश नछाडेपछि उनीहरूलाई निष्कासित गरिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोको निर्देशन उद्धृत गर्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘विदेश मन्त्री रुबियो आफ्नो कामप्रति निकै ...