मुख्य समाचार
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलेअचानक आम निर्वाचनको घोषणा
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलेअचानक आम निर्वाचनको घोषणा

: स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलेअचानक आम निर्वाचनको घोषणा गरेका छन्। निर्धारित कार्यतालिका अनुसार स्पेनमा आगामी आम निर्वाचन सन् २०२७ को गर्मी याममा हुनुपर्ने थियो, तर अब आगामी २९ नोभेम्बर २०२६ मा निर्वाचन हुने भएको छ।

देशमा अकासिँदो घरभाडा र आवास संकटलाई लिएर जनआक्रोश बढेपछि सरकारले सोमबार यो निर्णय लिएको हो। हालै ८७ वर्षीया एक वृद्धाको घरभाडा ह्वात्तै बढाइएपछि त्यसको विरोधमा देशभर प्रदर्शन सुरु भएको थियो।

ती वृद्धाको मासिक घरभाडा ५०० युरोबाट बढाएर २,६५० युरो पुर्‍याइएको थियो। व्यापक विरोधपछि भाडा घटाएर १,६५० युरो कायम गरिए तापनि त्यो उनको मासिक १,३५० युरो पेन्सनको तुलनामा ३०० युरोले बढी थियो। यस घटनाले देशव्यापी रूपमा आवास संकटको मुद्दालाई सतहमा ल्याएपछि प्रधानमन्त्री सान्चेजको सरकारले संसद्‌मा आपत्कालीन आवास विधेयक र राहत प्रस्तावहरू पेस गरेको थियो।

तर, संसद्‌मा बहुमत नपुग्दा उक्त प्रस्तावहरू अस्वीकृत भए। संसदीय गतिरोध र जनप्रदर्शन तीव्र बनेपछि प्रधानमन्त्री सान्चेजले नयाँ जनादेशका लागि मध्यावधि चुनावमा जाने निर्णय गरेका हुन्।

सन् २०१८ देखि स्पेनको सत्ता सम्हाल्दै आएका सान्चेजका लागि यो राजनीतिक कदम जोखिमपूर्ण मानिएको छ। हालै गरिएका अधिकांश सर्वेक्षणहरूमा आगामी चुनावमा विपक्षी कन्जर्भेटिभ पार्टीले सबैभन्दा बढी सिट जित्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो डिजेलको मूल्य नियन्त्रण गर्न कर छुट दिइएको ‘रेड–डाइड डिजेल’ (रातो रंगको डिजेल) सवारी साधनमा पनि प्रयोग गर्न दिने निर्णय गरेका छन् । ट्रम्पले सोमबार राति कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यस्तो व्यवस्था गरेका हुन् । आदेशअनुसार ‘अफ–रोड’ प्रयोगका लागि कर छुट दिइएको र रातो रङ लगाइएको डिजेललाई अस्थायी रूपमा राजमार्गमा चल्ने ...
। बेलायती गृह मन्त्रालय (होम अफिस) ले गत ३० सेप्टेम्बरमा बकिङ्घमसायर न्यू युनिभर्सिटीको विद्यार्थी प्रायोजन गर्न मिल्ने इजाजतपत्र (स्पोन्सर लाइसेन्स) निलम्बन गरेपछि नेपालीसहित सयौं विद्यार्थी प्रभावित भएका छन् । निलम्बन तुरुन्त लागू भएपछि सरकारले विश्वविद्यालयलाई इजाजतपत्र प्राप्त प्रायोजकहरुको सूचीबाट समेत हटाएको छ । इंगल्याण्डको हाइवेकम्बसहित लन्डन र नटिङ्घममा समेत रहेको उक्त विश्वविद्यालयले गृह मन्त्रालयले उठाएका धेरैजसो विषय ...
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई आत्मरक्षा गर्ने अधिकार रहेको बताएका छन् । मेरील्यान्डस्थित संयुक्त सैन्य आधार एर्न्ड्युजमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले यस्तो बताएका हुन् । ‘स्पष्ट रूपमा साउदीहरू हुथीको आक्रमणमा परेका छन्, र उनीहरूलाई आफ्नो रक्षा गर्ने अधिकार छ,’ रुबियोले भने । उनले साउदी अरब वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकार दुवै उक्त क्षेत्रमा ...
संयुक्त राष्ट्र महासभामा सहभागी हुन न्युयोर्क पुगेका इरानी प्रतिनिधिमण्डलका थप दुई कूटनीतिज्ञहरूलाई अमेरिकाले देशबाट निष्कासित गरेको छ। अमेरिकी विदेश मन्त्रालयको कडा आदेश र ताकेतापछि पनि तोकिएको समयभित्र देश नछाडेपछि उनीहरूलाई निष्कासित गरिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोको निर्देशन उद्धृत गर्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘विदेश मन्त्री रुबियो आफ्नो कामप्रति निकै ...
आउँदो नोभेम्बर ३ मा हुने स्थानीय निर्वाचनले अमेरिकाका दुई ठूला सहरहरू न्युयोर्क र लस एन्जलसलाई एउटै ऐतिहासिक सूत्रमा बाँध्ने सम्भावना बढेको छ। यदि चुनावको नतिजा अपेक्षाअनुरूप आएमा दुवै सहरको नेतृत्व दक्षिण एसियाली मूलका ‘डेमोक्रेटिक सोसलिस्ट’ (प्रजातान्त्रिक समाजवादी) नेताहरूले गर्नेछन्। अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कमा पहिले नै डेमोक्रेटिक सोसलिस्ट जोहरान ममदानी मेयरका रूपमा कार्यरत छन्। उता, दोस्रो ...