मुख्य समाचार
प्रहरीले बिलबिजक नम्बर उल्लेख नभएको ५२ लाख रुपैयाँभन्दा बढी मूल्यका रेडिमेड सर्ट बरामद
प्रहरीले बिलबिजक नम्बर उल्लेख नभएको ५२ लाख रुपैयाँभन्दा बढी मूल्यका रेडिमेड सर्ट बरामद

: कपिलवस्तुको शिवराज नगरपालिका–२ शिवपुर कोलनी चोकबाट प्रहरीले बिलबिजक नम्बर उल्लेख नभएको ५२ लाख रुपैयाँभन्दा बढी मूल्यका रेडिमेड सर्ट बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बा.प्र. ०१–००७ ख ०४३० नम्बरको कन्टेनर नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा कन्टेनरबाट ७ हजार १५२ थान रेडिमेड सर्ट फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बरामद रेडिमेड सर्टको अनुमानित मूल्य ५२ लाख ५३ हजार १४४ रुपैयाँ रहेको छ। कन्टेनरको अनुमानित मूल्य ३० लाख रुपैयाँ कायम गरी बरामद सामान र सवारीसाधनको कुल मूल्य ८२ लाख ५३ हजार १४४ रुपैयाँ कायम गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बिलबिजक नम्बर उल्लेख नभएको पाइएपछि कन्टेनरसहित सामान नियन्त्रणमा लिइएको हो।

बरामद सामान र सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा राखिएको छ। प्रहरीले बरामद रेडिमेड सर्टको स्रोत, बिलबिजक तथा राजस्वसम्बन्धी विवरणबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न पक्ष तथा सामानको वैधताबारे अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसको भएको बताएकछन्। कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले कांग्रेस केवल चुनावी दल मात्र नभएर देशको राष्ट्रिय राजनीतिक शक्ति भएको बताएका हुन्। समाजमा व्याप्त निराशा, अविश्वास, घृणा र असन्तोषलाई चिर्दै देशलाई सही राजनीतिक दिशा दिने जिम्मेवारी कांग्रेसकै भएको थापाको ...
। कुश्मा बजार हुँदै मालढुंगा र बेनी बजारसम्मै ठाउँ ठाउँमा पहिरो खसेका छन् । कुनै ठाउँमा पहिरोले सडकसमेत सोहोरेर लग्यो भने कुनै ठाउँमा सडक किनारमै ढुंगामाटो थुप्रिएका छन् । भीरका अडिएका ढुंगाहरु झर्न ठिक्क परेझैँ देखिन्छन् । पर्वतको कुश्मा नगरपालिकाको सहस्रधारा र मालढुंगा–बेनी सडकका ठाउँ–ठाउँमा क्षतविक्षत सडकमा गाडी चल्न त थालेका छन् तर टाउकै माथिबाट खस्लाजस्तो ...
: सरकारले सहसचिव पद्मकुमार मैनालीलाई नेपाली इन्जिनियर सेवा सामूहिकरणतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद‍् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेल मैनालीलाई सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए। यसअघि सचिव बढुवा समितिको बैठकले मैनालीलाई प्राविधिक सचिव बढुवाका लागि सिफारिस गरेको थियो।
। चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् । टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रको केन्द्रमा ‘मान्छेको मूल्य’ हुनुपर्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदनमा उनले निर्वाचनमा प्राप्त हुने ‘मान्छेको भोट’भन्दा नागरिकको जीवन र मानवीय मूल्यलाई प्रधान मान्नुपर्ने उल्लेख गरेका हुन्। शर्माले लोकतान्त्रिक संस्कृतिमा ‘मान्छेको मूल्य’ अनमोल हुने भन्दै अस्थायी ‘भोट’का लागि स्थायी रूपमा मानिसको अवमूल्यन गर्नु कुनै पनि दृष्टिले जायज नहुने ...