मुख्य समाचार
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता

: नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता हुने भएको छ।।
केन्द्रीय निर्वाचन समितिले जारीगरेको सूचना अनुसार निर्वाचनसम्बन्धी प्रक्रिया आजदेखि सुरु हुन लागेको हो।




सोमबार बेलुका ७ हजार ११४ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरेको समितिले आज बिहान १०:३० बजेसम्म दाबी विरोधको समय निर्धारण गरेको छ। यसैगरी अन्तिम नामावली बिहान ११ :३० बजे प्रकाशन गरिने जनाएको छ।निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेबाट मनोनयन फारम वितरण गरिने बताए। उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १२:३० देखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने स्पष्ट पारेकी छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गौतमले फौजदारी मुद्दामा कसैले मिलापत्र गरेमा कानुन बमोजिम दण्डनीय हुने स्पष्ट ...
। बागमती प्रदेश सरकारले पछिल्लाे बाढीपहिरोबाट प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ एकीकृत बस्ती विकास गर्ने योजना अघि सारेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा साेमबार बसेको केन्द्रीय विपद् परिषद्को बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रभावित बस्तीको पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी योजना प्रस्तुत गरेका छन् । भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढी तथा ...
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले लिज मोडलहरू अपनाएर जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न वायुसेवा निगमको व्यवस्थापनलाई निर्देशन दिएको बताएका छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पौडेलले तत्कालै नयाँ जहाज किन्न सम्भव नभएको भन्दै लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार ...
। पर्साको वीरगञ्जबाट भन्सार छली भारतबाट ल्याइएका १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद गरिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट भारतबाट भन्सार छली ल्याइएका एप्पल कम्पनीका आइफोन–१७ तीन थान र आइफोन–१५ एक थान बरामद गरिएको हो। बरामद मोबाइलको मूल्य पाँच लाख ५२ हजार २१० रुपैयाँ रहेको प्रहरीले जनाएको ...
। संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार दिउँसो सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनले पदीय आचारणविरुद्धका कार्य गरेको र संवेदनशील सूचना चुहावट गरेका छन् । स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, उनको पद निलम्बन गर्नुका दुई कारण खुलेका छन् । पहिलो, पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको ‘कनेक्सन’ । ...