मुख्य समाचार
अमेरिकाका दुई ठूला सहरहरू न्युयोर्क र लस एन्जलसलाई एउटै ऐतिहासिक सूत्रमा बाँध्ने सम्भावना
अमेरिकाका दुई ठूला सहरहरू न्युयोर्क र लस एन्जलसलाई एउटै ऐतिहासिक सूत्रमा बाँध्ने सम्भावना

आउँदो नोभेम्बर ३ मा हुने स्थानीय निर्वाचनले अमेरिकाका दुई ठूला सहरहरू न्युयोर्क र लस एन्जलसलाई एउटै ऐतिहासिक सूत्रमा बाँध्ने सम्भावना बढेको छ। यदि चुनावको नतिजा अपेक्षाअनुरूप आएमा दुवै सहरको नेतृत्व दक्षिण एसियाली मूलका ‘डेमोक्रेटिक सोसलिस्ट’ (प्रजातान्त्रिक समाजवादी) नेताहरूले गर्नेछन्।

अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कमा पहिले नै डेमोक्रेटिक सोसलिस्ट जोहरान ममदानी मेयरका रूपमा कार्यरत छन्। उता, दोस्रो ठूलो सहर लस एन्जलसमा भने भारतमा जन्मिएकी सहरी योजनाकार (अर्बन प्लानर ) तथा दुई कार्यकाल नगर काउन्सिल सदस्य भइसकेकी नित्या रामनले वर्तमान डेमोक्रेटिक मेयर क्यारेन बासलाई कडा चुनौती दिइरहेकी छन्। सन् २०२२ मा निर्वाचित बास लस एन्जलसकी पहिलो महिला मेयर हुन्।

सर्वेक्षणमा रामनको अग्रता

हार्भर्ड र एमआईटीबाट स्नातक गरेकी रामन सन् २०२० मा लस एन्जलस नगर काउन्सिलमा निर्वाचित हुने पहिलो एसियाली-अमेरिकी महिला तथा पहिलो दक्षिण एसियाली बनेकी थिइन्। घरबारविहीनता (होमलेसनेस) र स्थानीय समुदायको क्षेत्रमा काम गरेपछि उनी राजनीतिमा प्रवेश गरेकी हुन्।

‘बर्कले आईजीएस / एल.ए. टाइम्स’ ले हालै सेप्टेम्बरमा गरेको जनमत सर्वेक्षण अनुसार सम्भावित मतदाताहरूमाझ नित्या रामन ३९ प्रतिशत समर्थनका साथ अगाडि रहेकी छन् भने वर्तमान मेयर क्यारेन बासको पक्षमा २८ प्रतिशत मात्रै समर्थन देखिएको छ। यसका साथै, ३३ प्रतिशत मतदाताहरू भने अझै अनिर्णित रहेका छन्।

विशेष गरी ३० वर्षभन्दा कम उमेरका युवा मतदाताहरूमाझ रामन ६६% भन्दा बढी समर्थनका साथ अगाडि छिन्। यसका साथै, प्यालिसेड्स डढेलो नियन्त्रणमा मेयर बासको भूमिकालाई ५६% मतदाताले ‘खराब’ वा ‘निकै खराब’ बताएका छन्। ल्याटिनो मतदाताहरूमाझ पनि रामनले ४५% का साथ स्पष्ट अग्रता लिएकी छन् भने बासको पक्षमा २१% मात्रै समर्थन छ।

रामनको धारणा र ‘पोटहोल पोलिटिक्स’

मिडियासँग कुरा गर्दै रामनले भनिन्, “यदि म र ममदानीले देशका दुई ठूला सहरको नेतृत्व गर्ने अवसर पायौँ भने, त्यो सोचेरै म अलिक भावुक बन्छु। बाल्यावस्थामा मेरो परिवार भारतमा नभएका अवसरहरूको खोजीमा अमेरिका आएको थियो। ट्रम्प प्रशासनको समयमा आप्रवासीहरूमाथि भइरहेको कडा नीतिको बिचमा लस एन्जलस जस्तो सहरले एक आप्रवासीलाई मेयरका रूपमा स्वागत गर्नु मेरो लागि निकै मार्मिक क्षण हुनेछ।”

आफ्नो ‘डेमोक्रेटिक सोसलिज्म’ लाई क्रान्तिकारी भन्दा पनि नगरस्तरीय सेवा प्रवाहसँग जोड्दै रामनले थपिन्, “नागरिकहरू धनी र पहुँचवालाहरूको मात्र फाइदा पुर्‍याउने संरचनाको विरोधमा छन्। म सरकारले आम मानिसका लागि काम गरोस् भन्ने चाहन्छु। यसलाई म ‘सवेर सोसलिज्म’ (ढल व्यवस्थापन समाजवाद) वा ‘पोटहोल पोलिटिक्स’ (सडकका खाल्डाखुल्डी पुर्ने राजनीति) भन्न रुचाउँछु।”

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
संयुक्त राष्ट्र महासभामा सहभागी हुन न्युयोर्क पुगेका इरानी प्रतिनिधिमण्डलका थप दुई कूटनीतिज्ञहरूलाई अमेरिकाले देशबाट निष्कासित गरेको छ। अमेरिकी विदेश मन्त्रालयको कडा आदेश र ताकेतापछि पनि तोकिएको समयभित्र देश नछाडेपछि उनीहरूलाई निष्कासित गरिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोको निर्देशन उद्धृत गर्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘विदेश मन्त्री रुबियो आफ्नो कामप्रति निकै ...
अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको सेनाले हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी साना फिर्ता लिन ‘रणनीतिक’ सैन्य कारबाही सुरु गरेको जनाएको छ । यमनी सेनाका ब्रिगेडियर जनरल माजिद अल–नुजाइलीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भने, ‘हाम्रा सशस्त्र सेनाले सानामा रणनीतिक आक्रमण अभियान सुरु गरेका छन् ।’ उनले रणनीतिक आक्रमणका क्रममा आधुनिक सैन्य क्षमताको प्रयोग भइरहेको पनि बताए । हुथीसम्बद्ध ...
। इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको द्वन्द्वयता तीन वर्षको अवधिमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न गरी एक हजार ३१८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो विवरण उल्लेख गरेको हो । मन्त्रालयका अनुसार मृतकमा सैनिक, प्रहरी अधिकारी, सिन बेट आन्तरिक ...
: अमेरिकाले बेलायतस्थित 'आरएएफ फेयरफोर्ड' (RAF Fairford) सैन्य अखडामा तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको छ। गत सेप्टेम्बर २७ मा उक्त एयरबेसनजिकै घटेको एक शंकास्पद घटनाबारे बेलायतको आतंकवाद विरोधी प्रहरीले अनुसन्धान तीव्र पारिरहेका बेला अमेरिकाले आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको हो। अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार यस निर्णयको पुष्टि गर्दै फेयरफोर्डमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सन्दर्भमा एक महत्वपूर्ण निर्णय लिएको दाबी गरेका छन्। उनले उक्त निर्णय शीघ्र कार्यान्वयनमा ल्याइने समेत स्पष्ट पारेका छन्। शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामीले इरानको विषयमा एउटा निर्णय गरिसकेका छौँ, जसलाई म चाडै नै लागू गर्नेछु।' इरानको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले अगाडि थपे,' इरान आन्तरिक ...