मुख्य समाचार
पार्टीको आन्दोलनमा लागेर शिक्षा, जीविका वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित र घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा
पार्टीको आन्दोलनमा लागेर शिक्षा, जीविका वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित र घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा

। नेपाली कांग्रेसले पार्टीको आन्दोलनमा लागेर शिक्षा, जीविका वा अवसर गुमाएका शहीद, द्वन्द्वपीडित र घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ।

काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीका योद्धाहरूप्रतिको पारिवारिक अपनत्व र जिम्मेवारी बोध गर्दै उक्त कोष बनाउने नीति अघि सारिएको हो।
दस्तावेजमा भनिएको छ, ‘सम्बन्धित परिवारको शिक्षा तथा स्वास्थ्य सहयोगका लागि दश करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव पारदर्शी संकलन, सञ्चालन र लेखापरीक्षणसहित अघि बढाइनेछ।’

यसका साथै सामाजिक र राष्ट्रिय सरोकारका मुद्दाहरूमा पार्टीलाई सिधै नागरिकसँग जोड्न राष्ट्रिय सरोकारका लागि नेपाली कांग्रेस (एनसी फर एनसी) नामक अभियान सञ्चालन गरिने पनि प्रस्तावमा उल्लेख छ।
जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, भ्रष्टाचार र असमानताविरुद्ध समाजमा काम गर्नुलाई कांग्रेसले अब आफ्नो राजनीतिक जिम्मेवारी मानेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने प्रस्ट नीति अघि सारेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा आफ्नै चुनाव चिह्न रुखमा मात्रै चुनाव लड्ने दृढ संकल्प गरिएको हो। विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै ...
। नेपाली कांग्रेसले पार्टीको वित्तीय प्रणालीलाई पारदर्शी बनाउन र स्वार्थ समूहको प्रभाव अन्त्य गर्न कडा वित्तीय अनुशासनको प्रस्ताव अघि सारेको छ। १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले पेस गरेको राजनीतिक दस्तावेजमा पार्टीका हरेक तहलाई स्वीकृत वार्षिक तथा कार्यक्रमगत बजेटअनुसार चलाइने उल्लेख छ। पार्टीको कोषसम्बन्धी निर्णय अब नेतृत्वको व्यक्तिगत विवेकमा मात्र निर्भर नरहने र प्राइमरी तथा आन्तरिक निर्वाचनको खर्चमा ...
। सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ । गएराति करिब १ बजे जनकपुरबाट घरतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका छन् । घटनास्थलमा पुगेको प्रहरीले ठाकुरको शरीर खानतलासी गर्दा एक थान सिक्सर पेस्तोल फेला ...
। सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । जिल्ला सुरक्षा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नेपाली कांग्रेसलाई व्यवहारमा सुधारिएको देख्न चाहेको टिप्पणी गरेकी छन् । कांग्रेसको जारी १५ औं महाधिवेशनप्रति धारणा राख्दै रास्वपा केन्द्रीय सदस्य कार्कीले संघीय संसद्‌मा संख्यामा सानो देखिए पनि लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसको योगदान अग्लो रहेको बताइन् । कांग्रेस केवल एक राजनितिक दलको नाम मात्रै नभई लोकतान्त्रिक ईतिहासको महत्वपूर्ण ...