मुख्य समाचार
भुटानी शरणार्थीका परिवारका सदस्य तथा सन्तानहरूलाई देश छाड्न बन्देज नलगाउन सरकारका नाममा आदेश जारी
भुटानी शरणार्थीका परिवारका सदस्य तथा सन्तानहरूलाई देश छाड्न बन्देज नलगाउन सरकारका नाममा आदेश जारी

। सर्वोच्च अदालतले भुटानी शरणार्थीका परिवारका सदस्य तथा सन्तानहरूलाई देश छाड्न बन्देज नलगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

शरणार्थीका सन्तानलाई देश छाड्न अनुमति नदिँदा उनीहरूको कानूनी पुनर्वास, पारिवारिक पुनर्मिलन र सुरक्षित आवागमनको अवरोध भएको ठहरिने भन्दै सर्वोच्च अदालतले उनीहरुलाई निषेध नगर्न आदेश दिएको हो ।

‘शरणार्थीको स्वतन्त्र आवगमन र पारिवारिक पुनर्मिलनमा अनावश्यक, असंगत वा कारणविहीन अवरोध सिर्जना गर्न नदिने मापदण्डहरू बाध्यकारी मानकको रुपमा स्थापित छन्’ एक शरणार्थी परिवारलाई विदेश जान अनुमति नदिएको विषयमा परेको रिट निवेदनमा परमादेश जारी गर्दै सर्वोच्च अदालतले भनेको छ, ‘नेपाल लगायत कुनै पनि राज्यले पुनर्स्थापना प्रक्रियामा अवरोध नगरी अझ सहजीकरण गर्ने दायित्व बहन गर्नुपर्ने हुन्छ।’

शरणार्थीका सन्तानहरूलाई बाबुआमासँगको पुनर्मिलन रोक्नुले पारिवारिक एकता पनि भाँडिने भन्दै सर्वोच्च अदालतले त्यसलाई अन्तराष्ट्रिय संरक्षणका सिद्धान्तको प्रतिकूल भनेको हो ।

‘यस्तो कार्य जिम्मेवार निकायको अकर्मण्यता र कानूनी शासनको सिद्धान्त प्रतिकूल मान्नुपर्ने हुन्छ’ सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘जहाँ राज्यको दायित्व रहन्छ त्यहाँ सरकार मुकदर्शक भएर बस्न मिल्दैन। शरणार्थीको पुनर्मिलनको अवरोध हटाउन उचित र आवश्यक सहजीकरण गर्नुपर्दछ ।’

सोनिका अंकारी, सन्ध्या अंकारी र श्रीजन अंकारी झापाको बेलडाँगी शरणार्थी शिविरमा जन्मिएका दिदी भाई हुन् । उनीहरुका बाबु मोनीकुमार सन् १९९० को दशकमा भुटानमा भएको दमन र मानव अधिकार उल्लंघनका कारण शरणार्थी बनेर झापा आएका थिए ।

शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रम अनुसार उनीहरुको बाबु मोनीकुमार सन् २०१५ मा अमेरिका गएका थिए । र, सन् २०२४ मा उनीहरूकी आमा गीता गिरी पनि अमेरिका पुगेकी थिइन् ।

त्यसपछि उनीहरूका तीन जना छोराछोरीले गत जेठमा यात्रा अनुमति पात्रका लागि सिफारिस मागेर जिल्ला प्रशासन कार्यालय, झापामा निवेदन दिए ।

जिल्ला प्रशासन, झापाले शरणार्थी व्यवस्थापन सूचना प्रणालीमा दर्ता नभएकाले उनीहरूलाई यात्रा अनुमतिको सिफारिस दिन नसकिने निर्णय गरिदियो ।

गृह मन्त्रालयको दाबी अनुसार, उनीहरूको बाबु शरणार्थी भएका र तेस्रो मुलुकमा पुनस्र्थापना भएकाले अभिलेखबाट लगत कट्टा भएको हो । अनि उनीहरूकी आमा शरणार्थी नभएकाले उनीहरूलाई शरणार्थीको हैसियतमा निकास अनुमति दिन नसकिएको हो ।

उनीहरूको जन्मदर्ताको अभिलेख रहेको, डीएनए परीक्षणबाट बाबुआमा र सन्तान भएको पुष्टि भएको अनि बाबुआमा शरणार्थीको हैसियतले अमेरिकामा पुगेको निष्कर्ष सहित सर्वोच्च अदालतले उनीहरूलाई यात्रा अनुमति नभएकोमा प्रश्न उठाएको हो ।

कानून अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेर दिएको निवेदनमाथि जिल्ला प्रशासन कार्यालय, झापाले परीक्षण गरी प्रस्ताव अनुमतिबारे तत्काल निर्णय गर्नुपर्ने थियो । तर प्रमाणले अनुमति हुने वा नहुने कुनै निर्णय नगरेकोमा प्रश्न उठाउँदै सर्वोच्च अदालतले भनेको छ, ‘यस्ता कार्य शरणार्थीको परिवारको देश छोड्ने अधिकार र परिवारको अधिकारको रचनात्मक उलंघन ठहर्छ ।’

बाबु शरणार्थीकै हैसियतमा अमेरिकामा पुगेको, वैवाहिक अंगीकृत सम्बन्धका आमासमेत अमेरिका पुगेको अवस्थामा सन्तानहरूलाई प्रशासनिक तहबाट निकास अनुमति दिन निषेध गर्न नहुने सर्वोच्च अदालतको ठहर हो ।

‘शरणार्थीका बालबालिकालाई देश छोड्न अनुमति अस्विकार गर्नुको अर्थ कानूनी पुनर्वास, पारिवारिक पुनर्मिलन तथा सुरक्षित आवगमनको अवरोध हो’ सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘उनीहरूलाई अमेरिकामा पुनर्वासको निमित्त निकास अनुमतिपत्र दिलाउनु भनी परमादेश जारी गरिदिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने प्रस्ट नीति अघि सारेको छ। काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा आफ्नै चुनाव चिह्न रुखमा मात्रै चुनाव लड्ने दृढ संकल्प गरिएको हो। विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै ...
। नेपाली कांग्रेसले पार्टीको वित्तीय प्रणालीलाई पारदर्शी बनाउन र स्वार्थ समूहको प्रभाव अन्त्य गर्न कडा वित्तीय अनुशासनको प्रस्ताव अघि सारेको छ। १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले पेस गरेको राजनीतिक दस्तावेजमा पार्टीका हरेक तहलाई स्वीकृत वार्षिक तथा कार्यक्रमगत बजेटअनुसार चलाइने उल्लेख छ। पार्टीको कोषसम्बन्धी निर्णय अब नेतृत्वको व्यक्तिगत विवेकमा मात्र निर्भर नरहने र प्राइमरी तथा आन्तरिक निर्वाचनको खर्चमा ...
। सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ । गएराति करिब १ बजे जनकपुरबाट घरतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका छन् । घटनास्थलमा पुगेको प्रहरीले ठाकुरको शरीर खानतलासी गर्दा एक थान सिक्सर पेस्तोल फेला ...
। सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । जिल्ला सुरक्षा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नेपाली कांग्रेसलाई व्यवहारमा सुधारिएको देख्न चाहेको टिप्पणी गरेकी छन् । कांग्रेसको जारी १५ औं महाधिवेशनप्रति धारणा राख्दै रास्वपा केन्द्रीय सदस्य कार्कीले संघीय संसद्‌मा संख्यामा सानो देखिए पनि लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसको योगदान अग्लो रहेको बताइन् । कांग्रेस केवल एक राजनितिक दलको नाम मात्रै नभई लोकतान्त्रिक ईतिहासको महत्वपूर्ण ...