मुख्य समाचार
सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु
सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

:सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आइतबार पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा लु ७४ प ९१७१ नम्बर मोटरसाइकल दुर्घटनामा परी गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षीय नवराज पन्तको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट पाल्पातर्फ जाँदै गर्दा पन्त दुर्घटनमा परेका हुन् । गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ६ महिनामै बनेको सरकारलाई अनावश्यक रूपमा भारी बोकाउन नहुने बताएका छन्। उनले रातारात परिवर्तन सम्भव नहुने भन्दै ‘छुमन्तर’ गरेर सबै समस्या समाधान गरिदिन्छु भन्नु पनि उचित नहुने बताए। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले अहिले संसद् खुला नरहेको र राजनीतिप्रति वितृष्णा बढेको बताए। देशमा अति राजनीतिकरण भएको उल्लेख गर्दै ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस बदलिएको मात्र नभई बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका हुन्। उनले अहिले संसद खुला नभएको र संसद बन्द रहेको भन्दै राजनीतिप्रति वितृष्णा जागेको बताए। अहिलेको राजनीति अति राजनीतिकरणमा परेको उनको भनाइ ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अपार जनमतलाई अवमूल्यन गर्ने तथा हुर्मत लिने काम नगर्न चेतावनी दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै लामिछानेले विदेशीले बनाएको सरकार वा सेनाले निर्वाचन प्रभावित पारेकोजस्ता अभिव्यक्ति दिएर जनमतलाई कमजोर पार्ने काम नगर्न आग्रह गरेका हुन्। ‘यो अपार जनमतलाई अवमूल्यन गर्ने, हुर्मत लिने, विदेशीले बनाएको सेनाले भोटिङ ...
: नेकपाका संयोजक पुष्पकमल दाहालले अब क्रमभंग गर्ने पालो गगन थापा र रवि लामिछानेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आफूलाई भने क्रमभंग गर्न अलिक गाह्रो भइसकेको बताए। दाहालले विगतमा आफूले धेरैपटक क्रमभंग गरेको भन्दै अब गगन र रविले क्रमभंग गर्नुपर्ने बताए। ‘पहिला मैले धेरै क्रमभंग गर्थें। अहिले गगनजीले क्रमभंग गर्नुभएको छ। ...
: तनहुँको भानु नगरपालिका–१०, तल्लो मैदानस्थित हटिया–चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका मोटरसाइकल चालक ४५ वर्षीय शंकर पाण्डे र पछाडि सवार ६५ वर्षीय टंकनीति पाण्डे रहेका छन्। दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि पठाइएकोमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ ...