मुख्य समाचार
विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई
विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई

: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो।

क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे। नेपाल, ओमान र क्यानडाबीचको शृङ्खला अक्टोबर ९ देखि १९ सम्म ओमानमा हुनेछ।

बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारसले राम्रो क्रिकेट खेल्दै जित निकाल्न शुभकामना दिए। ‘महत्वपूर्ण सिरिज छ, अन्य नतिजाले पनि फरक पार्नेछ। सबै टिमले प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छन्। राम्रो प्रदर्शन गर्ने हो भने अबको मार्ग थप स्पष्ट हुनेछ। यसअघि राम्रो खेलिरहनुभएको छ, पहिले पहिले इतिहास रचेको जस्तै यसपटक पनि राम्रो गर्नहोला, शुभकामना छ’, पारसले भने।

प्रशिक्षक स्टुअर्ट लले महत्वपूर्ण सिरिज भएकाले ओमानमा राम्रो प्रदर्शन गर्ने र योजना अनुसार खेल प्रस्तुत गर्ने बताए। ‘जित्छौं भन्न सजिलो छ तर त्यसका लागि प्रोसेस पनि थाहा हुनुपर्छ र त्यसैअनुसार प्रदर्शन पनि गर्नुपर्छ’, प्रशिक्षकलले भने। यस्तै कप्तान सन्दीप लामिछानेले तयारी राम्रो भएको, टिम राम्रो लयमा भएको बताए। ‘टिमको लयमा परिवर्तन देखिएको छ, ओडीआई मान्यता बचाउने, टिमलाई विश्वकप छनोटमा पुर्याउने नै हाम्रो लक्ष्य रहनेछ’, सन्दीपले भने।

अध्यक्ष चतुरबहादुर चन्दले पनि टिमलाई शुभकामना दिँदै भने, ‘पछिल्लो समय प्रिमियर कप च्याम्पियन बनेर आएको छ टोली, ओमानमा धेरै खेलाडीलाई अनुभव पनि छ। यसपटक पनि राम्रो गर्नुहुन्छ र नेपालीलाई दशैंमा खुसी दिनुहुन्छ भन्ने विश्वास राखेको छु, शुभकामना छ।’

नेपालका लागि यस शृङ्खला निकै महत्त्वपूर्ण रहेको छ। नेपालको ओडीआई मान्यता जोगिने र लिग २ मा कुन स्थानमा रहन्छ भन्ने कुरा यही शृङ्खलाबाट टुङ्गो लाग्नेछ। लिग–२ खेल्ने नेपालको टोलीमा कप्तान सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, वसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल रहेका छन्।

नेपालको खेलतालिका

नेपाल भर्सेस क्यानडा : असोज २५९अक्टोबर ११०
नेपाल भर्सेस ओमान : असोज २७९अक्टोबर १३०
नेपाल भर्सेस क्यानडा : असोज ३१९अक्टोबर १७०
नेपाल भर्सेस ओमान : कात्तिक २९अक्टोबर १९०

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वर्षौंदेखि मिति तोकिने र सर्ने क्रमले अन्योलमा परेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब भने कर्णालीमा हुने सुनिश्चितता भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशालामा भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिको बैठकले कर्णालीमा खेलकुदको महाकुम्भ हुने कुराको सुनिश्चितता गरेको हो। कर्णालीको राजधानीमा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली ...
। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आग्रह गरेका छन् । दशौं खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकमा मन्त्री पोखरेलले दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भएको बताएका हुन् । ‘अझै पनि के शंका छ भने दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्ने । पटकपटक सरेको हुनाले ...
। दशौं राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) अवधारणालाई अवलम्बन गरिने भएको छ । दशौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकले पीपीपीको अवधारणालाई जोड दिने निर्णय गरेको हो । ‘प्रतियोगितालाई भव्य तथा व्यवस्थित तरिकाले सम्पन्न गर्न निजी संघ संस्था लगायत सबै सरोकारवालाहरुको सहभागितालाई जोड दिँदै पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी)को अवधारणालाई अवलम्बन गरी ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीचको शृङ्खला खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे । बिदाइ कार्यक्रममा‌ बोल्दै सचिव पारसले ...
: जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदका प्रतिस्पर्धा शनिबार सकिएका छन्। आइतबार समापन समारोह हुँदै गर्दा नेपालको प्रदर्शन भने अपेक्षाअनुसार हुन सकेन। दोहोरो अंकमा पदक जित्ने र एसियाली खेलकुदमा पहिलो स्वर्णको खोजी पूरा गर्ने लक्ष्यसहित जापान पुगेको नेपाल दुई कास्य पदकमै सीमित भएको छ। पुरुष करातेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कास्य जित्दा पदकका प्रमुख ...