मुख्य समाचार
सरकार अधिनायकतर्फ हिंड्न खोजेको आरोप
सरकार अधिनायकतर्फ हिंड्न खोजेको आरोप

: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार अधिनायकतर्फ हिंड्न खोजेको आरोप लगाएका छन्।

उनले सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नदेखिएको भन्दै आगामी दिनमा उत्पन्न हुन सक्ने संकटलाई लिएर चिन्ता व्यक्त गरे। लोकतन्त्रको भविष्यप्रति समेत गम्भीर प्रश्न खडा भएको उनको भनाइ छ।

‘रवि लामिछानेले राजनीतिक दलहरूलाई जोड्ने प्रयास गर्नुहुन्छ तर सरकारले राजनीतिक दलहरूसँग संवाद गर्दैन। सरकार संसद् र नागरिकसँग संवाद गर्दैन,’ पोखरेलले भने, ‘त्यो अवस्थामा भविष्यका संकटहरूलाई हामीले कसरी सामना गर्ने भन्ने विषयमा अत्यन्त चिन्ता छ।’

उनले जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्रीले आफूले चुनेको संसदीय दल र जनतासँग संवाद नगरेको भन्दै सरकार लोकतन्त्रतर्फ अघि बढिरहेको हो कि अधिनायकवादतर्फ भन्ने प्रश्न उठाए।

‘चिन्ता लोकतन्त्रको भविष्यमाथि पनि छ। जनताले विश्वास गरेको प्रधानमन्त्रीले आफैंले चुनेको संसदीय दल र जनतालाई चिन्नु हुँदैन। हामी लोकतन्त्रतर्फ हिंड्दैछौं कि अधिनायकवादतर्फ?’ उनले प्रश्न गरे।

लोकतन्त्रको रक्षाका लागि कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको पनि पोखरेलले बताए। विगतमा वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूले राणा शासन र राजतन्त्रविरुद्ध प्रश्न उठाएझैं अहिले पनि सामूहिक एकताको आवश्यकता रहेको उनले बताए।

उनले जनताले एउटै दललाई झन्डै दुई तिहाइको जनादेश दिएर स्थायित्वका लागि म्यान्डेट दिएको स्मरण गरे। तर अहिले मुलुकको भविष्य र भूराजनीतिक अवस्थालाई लिएर सबैमा चिन्ता रहेको उनको भनाइ छ।

‘राष्ट्रिय सवालमा हामी सबै दल एक ठाउँमा आउनुपर्ने भएको छ। जनता र छिमेकीलाई समेत आश्वस्त पार्नुपर्ने आवश्यकता छ,’ पोखरेलले भने।

सुशासन र विकासका लागि सरकारले जनादेश पाए पनि त्यसअनुसार काम हुन नसकेको उनले आरोप लगाए। सरकारको सेवा प्रवाह लथालिङ्ग बन्दै गएको र विदेश जाने नेपालीको संख्या घट्न नसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ६ महिनामै बनेको सरकारलाई अनावश्यक रूपमा भारी बोकाउन नहुने बताएका छन्। उनले रातारात परिवर्तन सम्भव नहुने भन्दै ‘छुमन्तर’ गरेर सबै समस्या समाधान गरिदिन्छु भन्नु पनि उचित नहुने बताए। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले अहिले संसद् खुला नरहेको र राजनीतिप्रति वितृष्णा बढेको बताए। देशमा अति राजनीतिकरण भएको उल्लेख गर्दै ...
:सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आइतबार पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा लु ७४ प ९१७१ नम्बर मोटरसाइकल दुर्घटनामा परी गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षीय नवराज पन्तको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट पाल्पातर्फ जाँदै गर्दा पन्त दुर्घटनमा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस बदलिएको मात्र नभई बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका हुन्। उनले अहिले संसद खुला नभएको र संसद बन्द रहेको भन्दै राजनीतिप्रति वितृष्णा जागेको बताए। अहिलेको राजनीति अति राजनीतिकरणमा परेको उनको भनाइ ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अपार जनमतलाई अवमूल्यन गर्ने तथा हुर्मत लिने काम नगर्न चेतावनी दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै लामिछानेले विदेशीले बनाएको सरकार वा सेनाले निर्वाचन प्रभावित पारेकोजस्ता अभिव्यक्ति दिएर जनमतलाई कमजोर पार्ने काम नगर्न आग्रह गरेका हुन्। ‘यो अपार जनमतलाई अवमूल्यन गर्ने, हुर्मत लिने, विदेशीले बनाएको सेनाले भोटिङ ...
: नेकपाका संयोजक पुष्पकमल दाहालले अब क्रमभंग गर्ने पालो गगन थापा र रवि लामिछानेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आफूलाई भने क्रमभंग गर्न अलिक गाह्रो भइसकेको बताए। दाहालले विगतमा आफूले धेरैपटक क्रमभंग गरेको भन्दै अब गगन र रविले क्रमभंग गर्नुपर्ने बताए। ‘पहिला मैले धेरै क्रमभंग गर्थें। अहिले गगनजीले क्रमभंग गर्नुभएको छ। ...