मुख्य समाचार
प्रचण्डले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताए
प्रचण्डले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताए

: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन्।

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौ आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको उल्लेख गर्दै एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको बताएका हुन्। प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारहरूमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल समेत गरे। उनले सरकारका गलत नीति–निर्णयकाविरुद्ध सदनमार्फत खण्डन–आलोचना गर्ने काम भइरहेको भन्दै विस्तारै अब सडकमा गएर पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे। सडकमा गएर खबरदारी नगरिकन अहिले देखा परेको प्रतिक्रान्तिको हावालाई रोक्न नसकिने उनको भनाइ छ।

त्यस्तै प्रचण्डले प्राविधिक र तयारी तीव्र नभएका कारण पहिले तय गरिएको मङ्सिर ११ गतेको महाधिवेशन सम्भव नदेखिएकाले यही हप्ता बस्ने केन्द्रीय बैठकबाट नयाँ कार्यतालिका तय गरिने बताए। उनले दुई महिने अभियानअन्तर्गत टोल–गाउँसम्म पुगेर काम गर्ने, सदस्यता नवीकरण र विस्तार गर्नेजस्ता महाधिवेशन तयारीका कामहरू सुरु भइसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ६ महिनामै बनेको सरकारलाई अनावश्यक रूपमा भारी बोकाउन नहुने बताएका छन्। उनले रातारात परिवर्तन सम्भव नहुने भन्दै ‘छुमन्तर’ गरेर सबै समस्या समाधान गरिदिन्छु भन्नु पनि उचित नहुने बताए। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले अहिले संसद् खुला नरहेको र राजनीतिप्रति वितृष्णा बढेको बताए। देशमा अति राजनीतिकरण भएको उल्लेख गर्दै ...
:सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आइतबार पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा लु ७४ प ९१७१ नम्बर मोटरसाइकल दुर्घटनामा परी गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षीय नवराज पन्तको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट पाल्पातर्फ जाँदै गर्दा पन्त दुर्घटनमा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस बदलिएको मात्र नभई बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका हुन्। उनले अहिले संसद खुला नभएको र संसद बन्द रहेको भन्दै राजनीतिप्रति वितृष्णा जागेको बताए। अहिलेको राजनीति अति राजनीतिकरणमा परेको उनको भनाइ ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अपार जनमतलाई अवमूल्यन गर्ने तथा हुर्मत लिने काम नगर्न चेतावनी दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै लामिछानेले विदेशीले बनाएको सरकार वा सेनाले निर्वाचन प्रभावित पारेकोजस्ता अभिव्यक्ति दिएर जनमतलाई कमजोर पार्ने काम नगर्न आग्रह गरेका हुन्। ‘यो अपार जनमतलाई अवमूल्यन गर्ने, हुर्मत लिने, विदेशीले बनाएको सेनाले भोटिङ ...
: नेकपाका संयोजक पुष्पकमल दाहालले अब क्रमभंग गर्ने पालो गगन थापा र रवि लामिछानेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आफूलाई भने क्रमभंग गर्न अलिक गाह्रो भइसकेको बताए। दाहालले विगतमा आफूले धेरैपटक क्रमभंग गरेको भन्दै अब गगन र रविले क्रमभंग गर्नुपर्ने बताए। ‘पहिला मैले धेरै क्रमभंग गर्थें। अहिले गगनजीले क्रमभंग गर्नुभएको छ। ...