। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टीभित्र कचकच गरिरहने र फकाउँदा फकाउँदा शक्ति नै नष्ट गरिदिनेलाई छोडिदिए पनि राम्रो हुने सुझाएका छन् ।
काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिए पनि राम्रो हुन्छ कहिलेकाहीँ,’ लामिछानेले भने ।
उनले यसलाई आफूले लगाएको दोस्रो ‘गुन’ को रुपमा बुझ्न आग्रह गरे ।
‘यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुन लगाएको छु । मान्ने/नमान्ने तपाईंको जिम्मा,’ उनले भनेका छन् ।
रविले गगन थापालाई पहिलो के गुन लगाएको हो त्यो खुलाएनन् । साथै फकाउँदा नमान्नेलाई छोडिदिए हुन्छ भनेर कसलाई भन्न खोजेका हुन् तिनको नाम लिएनन् ।
तर १४ औं महाधिवेशनबाट निर्वाचिन शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का लगायतका केही नेताहरू १५ औं महाधिवेशनमा सहभागी छैनन् ।