मुख्य समाचार
सरकार परिवर्तनका लागि आन्दोलनभन्दा निर्वाचन नै एकमात्र वैधानिक र अचुक विकल्प भएको
सरकार परिवर्तनका लागि आन्दोलनभन्दा निर्वाचन नै एकमात्र वैधानिक र अचुक विकल्प भएको

। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार परिवर्तनका लागि आन्दोलनभन्दा निर्वाचन नै एकमात्र वैधानिक र अचुक विकल्प भएको बताएका छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनको नतिजालाई सम्मान गर्नुपर्नेमा जोड दिएका हुन् ।

सभापति लामिछानेले पछिल्लो समय सडक आन्दोलनमार्फत सरकार ढाल्ने र निर्वाचन प्रणालीमाथि नै प्रश्न उठाउने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाए । साथै, उनले निर्वाचनको सुरक्षामा खटिने नेपाली सेना र समग्र चुनावी प्रक्रियालाई लिएर गरिने टिप्पणीहरू जनताको अपमान भएको बताए ।

‘हामीलाई विस्थापित गर्ने अचूक उपाय निर्वाचन हो । आन्दोलनबाट सरकार ढाल्ने होइन, अब चुनावबाट सरकार फेरौं । लोकतन्त्रलाई निर्वाचनको अभ्यासबाट मात्रै बलियो बनाउन सकिन्छ । जनताले मतदान गरेर दिएको जनादेशलाई अपमान गर्ने, निर्वाचन नै गलत थियो भन्ने वा सुरक्षा निकाय र विदेशी हस्तक्षेपको आरोप लगाएर हल्का टिप्पणी गर्ने काम बन्द गर्नुपर्छ,’ लामिछानेले भनेका छन् ।

उनले आफ्नो दल र नेतृत्वप्रति जनताले गरेको भरोसा र केही स्थानमा भएका मतदाताको असन्तुष्टिलाई पनि आफूले महशुस गरेको उल्लेख गरे । लामिछानेले बीपी कोइरालाका अनुयायीहरूलाई सम्बोधन गर्दै कांग्रेसलाई एक कार्यकाल प्रतिपक्षमा बसेर जनताको सेवा गर्ने अवसर दिन आग्रह गरे ।

‘सार्वभौम नेपाली जनताको मतको सम्मान गर्नुपर्छ । तपाईंहरू नेपाली काँग्रेसलाई र बीपी कोइरालालाई माया गर्नुहुन्छ भने एकपटक आफ्नो दललाई प्रतिपक्षमा राखेर हेर्नुहोस् । हामीले काम गर्न सकेनौँ भने अर्को निर्वाचनमा जनताले हामीलाई पराजित गरून्, यही लोकतान्त्रिक अभ्यास हो । यस ऐतिहासिक मञ्चबाट म यही कुरामा अडिग छु,’ सभापति लामिछानेले भने ।

आफ्ना दलका कार्यकर्ता र सदस्यहरूलाई लक्षित गर्दै लामिछानेले जवाफदेहिताको कसीमा रास्वपा अडिग रहेको दाबी गरे । पाँच वर्षसम्म रास्वपाले काम गर्न नसके सबभन्दा पहिला पार्टीको सदस्यता च्यात्ने आँट आफूहरुले राखेको लामिछानेले बताए ।

‘आफ्नै दलका साथीहरूलाई पनि भन्न चाहन्छु, यदि रास्वपाले पाँच वर्षमा जनताको अपेक्षाअनुसार काम गर्न सकेन भने सबैभन्दा पहिले आफ्नै सदस्यतामाथि प्रश्न उठाउने आँट हामीले राख्नुपर्छ । सरकार परिवर्तनको बाटो आन्दोलन होइन, निर्वाचन हो । जनताको मत नै अन्तिम निर्णय हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टीभित्र कचकच गरिरहने र फकाउँदा फकाउँदा शक्ति नै नष्ट गरिदिनेलाई छोडिदिए पनि राम्रो हुने सुझाएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कहिलेकाहीँ पार्टीभित्र बसेर सँधै कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति ...
। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताए। उनले वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए। भण्डारीले वर्तमान संविधानलाई आवश्यकता ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले बताएका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताए। ...
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको चर्चा गरेका छन । तिव्रतर आर्थिकका लागि राजनीतिक स्थिरचा चाहिने भन्दै उनले यस निम्ति एउटा विकल्प प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुन सक्ने बताएका हुन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ...
। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले खुलामञ्चमा आफ्नो पार्टीले १५ औं महाधिवेशन गर्नुका केही कारणहरू सुनाएका छन् । खुलामञ्चमा आइसकेपछि बीपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने उनको भनाइ छ । साथै, यो महाधिवेशनलाई नेतृत्व चयन गर्ने इभेन्टका रुपमा मात्रै नलिन आग्रह गरे । ‘यो महाधिवेशनको नेतृत्व चयन गर्ने इभेन्ट मात्रै होइन । खुलामञ्चमा आइसकेपछि बीपी ...