मुख्य समाचार
ट्रम्पले ज्येष्ठ नागरिकहरू लक्षित नयाँ आर्थिक राहतको घोषणा
ट्रम्पले ज्येष्ठ नागरिकहरू लक्षित नयाँ आर्थिक राहतको घोषणा

। अमेरिकी मध्यावधि निर्वाचनआउन केवल एक महिना बाँकी रहँदा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ज्येष्ठ नागरिकहरू लक्षित नयाँ आर्थिक राहतको घोषणा गरेका छन्। शुक्रबार अबेर राति सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत घोषणा गर्दै ट्रम्पले २ करोडभन्दा बढी ज्येष्ठ नागरिकहरूलाई ‘मेडिकेयर पार्ट बी’ प्रिमियममा सहयोग पुर्‍याउन करिब १०० डलर बराबरको चेक वा सोझै खातामा रकम पठाइने बताएका छन्।

यस योजनाअन्तर्गत कुल करिब २ अर्ब डलर खर्च हुनेछ

कसरी र कसले पाउनेछन् यो रकम?

ह्वाइट हाउसले जारी गरेको छुट्टै जानकारी अनुसार, मेडिकेयर पार्ट बी मा दर्ता भएका अधिकांश ज्येष्ठ नागरिकहरू यसका लागि योग्य हुनेछन्। योग्य नागरिकहरूले अक्टोबरको सुरुदेखि नै ९० डलर सोझै बैंक खातामा प्राप्त गर्नेछन्। बैंक खाता नहुनेहरूलाई कागजी चेक पठाइनेछ। यो रकम सन् २००८ मा स्थापना गरिएको ‘मेडिकेयर इम्प्रुभमेन्ट फन्ड’ बाट प्रयोग गरिनेछ, जसलाई ट्रम्पले ‘स्लस फन्ड’ को रूपमा आलोचना गर्दै आएका थिए।

राहतको वास्तविक प्रभाव र चुनावी रणनीति

मेडिकेयर तथ्याङ्क अनुसार पार्टबीको मानक मासिक प्रिमियम २०२.९० डलर रहेको छ। त्यसैले ह्वाइट हाउसले दिन लागेको $९० को छुटले ज्येष्ठ नागरिकहरूको एक महिनाको प्रिमियमको आधा रकम पनि समेट्दैन।

तथापि, आर्थिक सूचकांकमा पछिल्लो एक दशककै खराब जनमत सर्वेक्षणको सामना गरिरहेका ट्रम्पले मध्यावधि चुनाव नजिकिँदै गर्दा मतदाताहरूलाई रिझाउन नगद राहत, छुट र लाभांशका श्रृङ्खलाबद्ध घोषणाहरू गरिरहेका छन्।

यदि मध्यावधि चुनावमा रिपब्लिकनहरूले जित हासिल गरेमा प्रत्येक वयस्क अमेरिकी नागरिकलाई ५ हजार डलर बराबरको ‘नगद लाभांश’ दिने सबैभन्दा ठूलो आश्वासन उनले दिएका छन्। यसैगरी, ओबामाकेयर स्वास्थ्य बीमा योजनाअन्तर्गत बढी शुल्क लिइएका करिब १० लाखभन्दा बढी मानिसहरूलाई प्रतिव्यक्ति ५०० डलरको छुट उपलब्ध गराउने प्रस्ताव पनि उनले अघि सारेका छन्।

यसका साथै, प्रविधि क्षेत्रको विस्तार भइरहेका क्षेत्रमा डाटा सेन्टर नजिक बस्ने स्थानीय बासिन्दाहरूका लागि समेत लाभांश दिने आश्वासन दिइएको छ, यद्यपि यसको निश्चित रकम भने खुलाइएको छैन। त्यसैगरी, पछिल्लो घोषणाअनुसार २ करोडभन्दा बढी ज्येष्ठ नागरिकहरूलाई उनीहरूको ‘मेडिकेयर पार्ट बी’ प्रिमियम भुक्तानीमा सहयोग पुर्‍याउन ९० देखि १०० डलरसम्मको प्रत्यक्ष राहत रकम पठाउने योजना अघि सारिएको छ।

यसअघि सन् २०२५ मा पनि ट्रम्पले भन्सार महसुल छुट (ट्यारिफ रिबेट्स) र ‘डोज’ लाभांश (डीओजीई डिभिडेन्ड्स) जस्ता घोषणाहरू गरेका थिए, जुन पूर्ण रूपमा कार्यान्वयन हुन सकेका थिएनन्। नयाँ घोषणा गरिएको मेडिकेयर सम्बन्धी भुक्तानी भने आउँदा केही दिनभित्रै सुरु हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
संयुक्त राष्ट्र महासभामा सहभागी हुन न्युयोर्क पुगेका इरानी प्रतिनिधिमण्डलका थप दुई कूटनीतिज्ञहरूलाई अमेरिकाले देशबाट निष्कासित गरेको छ। अमेरिकी विदेश मन्त्रालयको कडा आदेश र ताकेतापछि पनि तोकिएको समयभित्र देश नछाडेपछि उनीहरूलाई निष्कासित गरिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोको निर्देशन उद्धृत गर्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘विदेश मन्त्री रुबियो आफ्नो कामप्रति निकै ...
आउँदो नोभेम्बर ३ मा हुने स्थानीय निर्वाचनले अमेरिकाका दुई ठूला सहरहरू न्युयोर्क र लस एन्जलसलाई एउटै ऐतिहासिक सूत्रमा बाँध्ने सम्भावना बढेको छ। यदि चुनावको नतिजा अपेक्षाअनुरूप आएमा दुवै सहरको नेतृत्व दक्षिण एसियाली मूलका ‘डेमोक्रेटिक सोसलिस्ट’ (प्रजातान्त्रिक समाजवादी) नेताहरूले गर्नेछन्। अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कमा पहिले नै डेमोक्रेटिक सोसलिस्ट जोहरान ममदानी मेयरका रूपमा कार्यरत छन्। उता, दोस्रो ...
अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको सेनाले हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी साना फिर्ता लिन ‘रणनीतिक’ सैन्य कारबाही सुरु गरेको जनाएको छ । यमनी सेनाका ब्रिगेडियर जनरल माजिद अल–नुजाइलीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भने, ‘हाम्रा सशस्त्र सेनाले सानामा रणनीतिक आक्रमण अभियान सुरु गरेका छन् ।’ उनले रणनीतिक आक्रमणका क्रममा आधुनिक सैन्य क्षमताको प्रयोग भइरहेको पनि बताए । हुथीसम्बद्ध ...
। इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको द्वन्द्वयता तीन वर्षको अवधिमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न गरी एक हजार ३१८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो विवरण उल्लेख गरेको हो । मन्त्रालयका अनुसार मृतकमा सैनिक, प्रहरी अधिकारी, सिन बेट आन्तरिक ...
: अमेरिकाले बेलायतस्थित 'आरएएफ फेयरफोर्ड' (RAF Fairford) सैन्य अखडामा तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको छ। गत सेप्टेम्बर २७ मा उक्त एयरबेसनजिकै घटेको एक शंकास्पद घटनाबारे बेलायतको आतंकवाद विरोधी प्रहरीले अनुसन्धान तीव्र पारिरहेका बेला अमेरिकाले आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको हो। अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार यस निर्णयको पुष्टि गर्दै फेयरफोर्डमा ...