मुख्य समाचार
ओलीले आफ्ना सांसदहरूलाई पार्टी निर्णयबारे प्रशिक्षण
ओलीले आफ्ना सांसदहरूलाई पार्टी निर्णयबारे प्रशिक्षण

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई पार्टी निर्णयबारे प्रशिक्षण दिएका छन् ।

पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा आधारित भएर प्रशिक्षण दिएका हुन् ।

‘धेरैजसो (सांसदहरू) सहभागी हुनुभएको थियो, अध्यक्षले तेस्रो केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा रहेर प्रशिक्षात्मक, निर्देशनात्मक भनाइहरू राख्नुभयो,’ प्रमुख सचेतक ऐन महरले भने ।

उनका अनुसार ओलीले सरकारको समीक्षा समेत गरेका थिए । ‘सरकार फाँसीवादी, स्वच्छचारी र तानाशाही बाटोमा छ,’ ओलीको भनाइ उद्धृत गर्दै महरले भने, ‘भर्खरै उदाएको दल, जो भीमकाय रुपमा छ, उसले लोकतन्त्र र संविधानको भावनालाई पक्रन सकेको छैन ।’

सरकारले जनताको अधिकार कुण्ठित गरिरहेकाले यसबारे आफ्ना सांसदहरूलाई ओलीले सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि एउटा छुट्टै योजना बनाएर राजनीतिक दलहरूले त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मलेसिया, कोरिया, सिंगापुर, चीनहरूले ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे दृष्टान्त सुनाउँदै आगामी २० वर्षभित्र हामी पनि कसरी त्यहाँ ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्। यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेको आएको उनको भनाइ छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन ...
। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ,’ उनले ...
। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको खुलामञ्चमा भएको थियो । जहाँ विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गरे । यद्यपि समानान्तर रुपमा महाधिवेशनको तयारी गरिरहेका पूर्वसभापति शेरबहादुर देउवा भने गएनन् । उद्घाटन सत्रको अन्तिममा सम्बोधन गरेका सभापति गगन थापाले देउवालाई सम्झिए । उनले भनेका छन्, ‘यहाँ हामीले शेरबहादुर ...
। श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए। ‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्‍यौं। नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन,’ ...