। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार गरेका छन् ।
आजबाट सुरु भएको पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
लोकतन्त्र र राजनीति सहि बाटोमा हिंड्न सकेको छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
‘आज लोकतन्त्र सही बाटोमा हिंडिरहेको छ कि छैन, राजनीति सार्थक भइरहेको छ कि छैन ? हामी सबैमाथि प्रश्न उठिरहेको छ,’ उनले भने, ‘यो प्रश्नको समुचित जवाफ खोज्ने दायित्व हामी सबैको हो । यदी यो प्रश्नको समुचित जवाफ खोज्न सक्यो भने मलाई लाग्छ राजनीति सार्थक हुन्छ ।’
हामीले राजनीति र लोकतन्त्रलाई सार्थक बनाउन सकेनौं भने जतिसुकै अवसर प्राप्त गरे पनि त्यसको सार्थकता नहुने उनले बताए ।
आफूहरूको राजनीतिको केन्द्रमा जनता र राष्ट्र रहेको उनको भनाइ छ ।