मुख्य समाचार
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आग्रह
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आग्रह

। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आग्रह गरेका छन् ।

दशौं खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकमा मन्त्री पोखरेलले दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भएको बताएका हुन् ।

‘अझै पनि के शंका छ भने दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्ने । पटकपटक सरेको हुनाले शंका हुनु जायज पनि छ’ उनले भने, ‘दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो । त्यसकारण हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला ।’

मन्त्री पोखरेलले अघिल्ला राष्ट्रिय खेलकुदभन्दा प्रभावकारी ढंगले यो प्रतियोगिता हुने विश्वास व्यक्त गरे । ‘९ वटा राष्ट्रिय खेलकुद भयो । त्योभन्दा भिन्न प्रभावकारी ढंगबाट कसरी गर्ने, यसलाई राम्रोसँग सञ्चालन गर्नका लागि सम्पूर्ण सरोकारवाला, विभिन्न तहका सरकार सबैजना मिलेर गर्नुपर्ने अवस्था आएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशौं राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) अवधारणालाई अवलम्बन गरिने भएको छ । दशौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकले पीपीपीको अवधारणालाई जोड दिने निर्णय गरेको हो । ‘प्रतियोगितालाई भव्य तथा व्यवस्थित तरिकाले सम्पन्न गर्न निजी संघ संस्था लगायत सबै सरोकारवालाहरुको सहभागितालाई जोड दिँदै पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी)को अवधारणालाई अवलम्बन गरी ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीचको शृङ्खला खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे । बिदाइ कार्यक्रममा‌ बोल्दै सचिव पारसले ...
: जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदका प्रतिस्पर्धा शनिबार सकिएका छन्। आइतबार समापन समारोह हुँदै गर्दा नेपालको प्रदर्शन भने अपेक्षाअनुसार हुन सकेन। दोहोरो अंकमा पदक जित्ने र एसियाली खेलकुदमा पहिलो स्वर्णको खोजी पूरा गर्ने लक्ष्यसहित जापान पुगेको नेपाल दुई कास्य पदकमै सीमित भएको छ। पुरुष करातेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कास्य जित्दा पदकका प्रमुख ...
: जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । अली यस सिजनका लागि बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ । बायाँ हाते ब्याटर र अफस्पिन बलर ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको सय दिन पूरा भयो । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत २४ जुनमा नेपालमाथि अनिश्चित कालका लागि निलम्बन गरेको थियो । तर, सय दिन बितिसक्दा पनि फुकुवा हुने कुनै संकेत देखिएको छैन । फिफाले यसअघि नेपालका छिमेकी राष्ट्र भारत र पाकिस्तानलाई पनि निलम्बन गरेको ...