मुख्य समाचार
स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः पूर्ण डिजिटल प्रणालीमा लैजाने गरी महत्वपूर्ण निर्णय
स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः पूर्ण डिजिटल प्रणालीमा लैजाने गरी महत्वपूर्ण निर्णय

। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः पूर्ण डिजिटल प्रणालीमा लैजाने गरी महत्वपूर्ण निर्णय गरेको छ।

बोर्डले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।

बोर्डको बैठकले स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल सुधारसम्बन्धी विभिन्न निर्णय गर्दै बीमितको पहिचानदेखि दाबी व्यवस्थापन र सेवा खरिदसम्मका प्रक्रियालाई प्रविधिमैत्री बनाउने निर्णय गरेको हो।

बोर्डका अनुसार १६ वर्ष उमेर पूरा गरेका नागरिकले अब स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्ध हुन तथा पुरानो बीमा नवीकरण गर्न राष्ट्रिय परिचयपत्र प्रयोग गर्नुपर्नेछ।

त्यसैगरी, सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई स्वास्थ्य बीमा बोर्डको विद्युतीय प्रणालीमार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ ।

यस व्यवस्थाले स्वास्थ्य बीमामा हुने दोहोरो आबद्धता नियन्त्रण गर्नुका साथै बीमितको वास्तविक पहिचान सुनिश्चित गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा छ। साथै, बीमितको व्यक्तिगत विवरण अद्यावधिक गर्ने प्रक्रिया प्रभावकारी हुने र बीमा व्यवस्थापनलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने बोर्डको दाबी छ।

त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा खरिद तथा त्यसको भुक्तानी प्रणालीलाई वैज्ञानिक, खर्च प्रभावकारी र दीगो बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।

‘कार्यदलले स्वास्थ्य सेवा प्रदायक संस्थाको छनोट तथा सम्झौताको आधार, स्वास्थ्य सेवाको वर्गीकरण, सेवा खरिद तथा भुक्तानीको विधि, सम्झौताको मापदण्ड र चरणबद्ध कार्यान्वयन योजनासहितको प्रतिवेदन तयार गरिनेछ’ निर्णयमा भनिएको छ ।

कार्यदलले गठन भएको ६० दिनभित्र प्रतिवेदन पेस गर्ने जनाएको छ । स्वास्थ्य संस्थाबाट विद्युतीय स्वास्थ्य अभिलेख प्रणालीमार्फत प्राप्त स्वास्थ्यसम्बन्धी विवरण तथा उपचारको दाबीलाई मान्यता दिने निर्णय पनि गरेको छ।

प्रचलित कानुन र निर्धारित मापदण्ड पूरा भएका अवस्थामा स्वास्थ्य संस्थाले विद्युतीय रूपमा तयार गरेको स्वास्थ्य अभिलेखका आधारमा पेस गरेको दाबीलाई मान्यता दिने व्यवस्था गर्न लागिएको बोर्डको सचिवालयले जनाएको छ ।

यससँगै हातले लेखिएका चिकित्सकीय पुर्जी, हातैले तयार गरिने दाबी तथा कागजी अभिलेखमा निर्भरता क्रमशः घटाउने बोर्डले जनाएको छ ।

हाल स्वास्थ्य बीमा दाबी व्यवस्थापनमा कागजी कागजात, उपचारको विवरण र विभिन्न प्रमाण संकलन गर्नुपर्ने अवस्था छ। विद्युतीय स्वास्थ्य अभिलेखलाई दाबीको आधार बनाउँदा यस्तो प्रक्रिया छोटो र व्यवस्थित हुने बोर्डको भनाइ छ ।

बोर्डले विद्युतीय स्वास्थ्य अभिलेखबाट प्राप्त हुने तथ्यांकलाई आगामी दिनमा कृत्रिम बुद्धिमत्ता तथा यान्त्रिक सिकाइमा आधारित दाबी परीक्षण प्रणालीमा समेत प्रयोग गर्ने निर्णय गरेको छ।

यसबाट अस्वभाविक वा शंकास्पद दाबी पहिचान गर्न तथा दाबी परीक्षणलाई थप प्रभावकारी बनाउन सकिने बोर्ड सचिवालयले जनाएको छ ।

दाबी व्यवस्थापनलाई तथ्यपरक र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन बोर्डले रोग पहिचान तथा वर्गीकरणका लागि नयाँ अन्तर्राष्ट्रिय कोड प्रयोग गर्ने निर्णय गरेको छ।

पहिलो चरणमा स्वास्थ्य बीमा दाबी व्यवस्थापनमा २ हजार ९५८ वटा परिमार्जित रोग पहिचान कोड प्रयोग गरिनेछ। यी कोड स्वास्थ्य बीमा बोर्डको व्यवस्थापन सूचना प्रणालीमा प्रयोग गरिनेछन्।

यसबाट एउटै रोग वा स्वास्थ्य समस्यालाई फरक–फरक तरिकाले अभिलेख राख्ने अवस्था हट्ने तथा रोगको निदान र उपचारसम्बन्धी विवरणमा एकरूपता आउने बोर्डको अपेक्षा छ।

अब बीमितको पहिचानका लागि राष्ट्रिय परिचयपत्र, विवरण अद्यावधिकका लागि विद्युतीय प्रणाली, उपचारको अभिलेखका लागि विद्युतीय स्वास्थ्य अभिलेख तथा दाबी परीक्षणका लागि डिजिटल तथ्यांक प्रयोग गर्ने तयारी गरिएको छ।

त्यसैगरी, रोग पहिचानमा एकरूपता ल्याउन अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रोग वर्गीकरण प्रणाली प्रयोग गर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गर्भवतीको ज्यानमा खतरा पुग्ने अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ । यो विधेयक यही असोज ५ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा दर्ता गरेकी छन् । जसमा सुरक्षित गर्भपतन सम्बन्धी ...
। त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो । अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको ...
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...