मुख्य समाचार
देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त
देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘देश अप्ठेरोमा छ । लोकतन्त्र नै अप्ठेरोमा छ । संविधान पनि अप्ठेरोमा छ । अहिलेका सरकारका कयौं अभिव्यक्रि क्रियाकलाप र गतिविधिले स्वेच्छाचारितातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ,’ उनले भने ।

साथै, उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ गर्ने यो काममा अझै मिलेर अघि बढ्नुपर्ने भएको जिकिर गरे ।

‘हामीले अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको अंगको रूपमा पनि छ,’ उनले भने, ‘अझै केही चिज टुंग्याउन बाँकी छ । त्यो टुंग्याइएन भने देश अझै अप्ठेरो अवस्थामा जान सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता र संसद्को संवादमा नबसी स्वेच्छाकारी बाटोतर्फ हिंड्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा सबै दलहरूलाई एकैठाउँमा ल्याउने प्रयत्न गर्ने गरेको भए पनि सरकारबाट भने त्यस्तो ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् । राजनीतिक दलहरूमा आएको परिवर्तन र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलेको उनले बताए । तर जनताका इच्छा र आकांक्षा सम्बोधन गर्ने गरी काम हुन बाँकी रहेको उनको भनाइ छ । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले ...
। नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशनको सकाए लगत्तै गाउँ–गाउँ जाने संकल्प गर्दैछन् । कांग्रेसकी उपसभापति पुष्पा भुसालका अनुसार महाधिवेशनमार्फत थप उर्जा लिएर नेताहरूले गाउँ–गाउँ पुगेर नागरिकलाई सुसुचित गराउने तयारी छ । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले महाधिवेशनले नागरिककहाँ पुग्ने गरी उर्जा भर्ने विश्वास व्यक्त गरिन् । उनले भनेकी छन्, ‘महाधिवेशन सम्पन्न ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूलाई संवादमा ल्याउन प्रर्यन्त गर्ने गरेको भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय गरेको छलफल स्मरण गरेका छन । साथै, सरकार किन संवादमा आउँदैन भनेर प्रश्न पनि गरेका छन् । काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका ...
। नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउने ताकत आफ्नो पार्टीले राख्ने बताएकी छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘कांग्रेस परिवर्तनकारी शक्ति हो । आम जनताले खोजेको परिवर्तनको नेतृत्व लिन सक्यो भने परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउने ताकत पनि नेपाली कांग्रेसले राख्छ,’ उनले भनिन् । संविधान ...