मुख्य समाचार
सभामुख डोलप्रसाद अर्यालले अन्तराष्ट्रिय मञ्चहरूमा नेपाली भाषामै सम्बोधन गर्ने
सभामुख डोलप्रसाद अर्यालले अन्तराष्ट्रिय मञ्चहरूमा नेपाली भाषामै सम्बोधन गर्ने

। सभामुख डोलप्रसाद अर्यालले अन्तराष्ट्रिय मञ्चहरूमा नेपाली भाषामै सम्बोधन गर्ने भएका छन् ।

असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औं महासभामा सहभागी हुन नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख अर्याल आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

तान्जानियाको अरुशा शहरमा आयोजना हुने महासभामा सभामुख अर्यालले ‘समावेशीता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायहरूलाई सशक्त बनाउने’ विषयक जेनरल डिबेटमा मन्तव्य राख्नेछन् ।

साथै, नेपालले एर्मजेन्सी एजेण्डाको रुपमा ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन’ तय गरेको छ । यसको मूल विषय ‘हिमालयन क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रहरूमा जलवायु–सम्बन्धी विपद्हरूको सामना र उत्थानशीलता सुदृढ गरौं’ भन्ने रहेको छ ।

यो प्रस्ताव पनि नेपालको तर्फबाट प्रस्तुत हुनेछ । यस्तो प्रस्तावमा अन्य मुलुकहरूको समेत समर्थन आवश्यक पर्छ ।

सभामुख अर्यालका अनुसार, इर्मजेन्सी प्रस्तावको पक्षमा ५० देशबाट समर्थन पाइसकेको छ । यसबाहेक २८ वटा जति साइडलाइन मिटिङको लागि तयारी भएको छ ।

गत शुक्रबार आफ्नो भ्रमणबारे जानकारी दिनेक्रममा सभामुख अर्यालले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली भाषालाई प्रवर्द्धन गर्ने गरी प्रस्तुत हुने तयारीमा रहेको बताएका थिए ।

‘म सभामुख भइसकेपछि आजको दिनसम्म र मेरो सभामुखको पूरै कार्यकालमा मैले नेपाली भाषा, मेरो मातृभाषालाई प्रमोट गर्ने कोसिस गरेको छु । मैले सबै कार्यक्रम नेपाली भाषामा गराएको छु,’ सभामुख अर्यालले भनेका थिए ।

उनका अनुसार, उनले नेपालमा जति पनि कूटनीतिक मिटिङहरू गरे सबैमा नेपाली भाषामै संवाद तथा अन्तरक्रिया गरे । अब विदेशमा पनि यही नीति अपनाउने सभामुख अर्यालले बताएका हुन् ।

‘विदेशमा पनि मैले मातृभाषाबाटै संवाद गर्नेछु’ उनले भनेका छन् ।

विगतमा मन्त्री हुँदा अंग्रेजीमा बोलेको र अंग्रेजीमा राम्रो संवाद गर्नै सकिए भए पनि सभामुख भएपछि आफूले नेपाली भाषालाई सबै पक्षसँगको संवादको भाषा बनाएको बताए ।

‘यहाँ (नेपाल)मा जति पनि मैले ४०/५० वटा, ६० वटा जति हामीले बैठक गर्‍यौं । मलाई कसैले पनि तपाईंले अंग्रेजी बोल्दे हुन्थ्यो भन्नु भएन, उहाँहरू नेपाली बोलेकोमा खुसी पाएको छु । त्यसकारणले पनि यो (नेपाली भाषामै सम्बोधन गर्ने) कुरा जानकारी गराएँ,’ उनले भने ।

अन्तरव्यवस्थापिका संघको १५३ औं महासभा र त्यससँग सम्बन्धित बैठकहरूमा सहभागिता जनाए पश्चात सभामुख अर्याल केन्या जानेछन् ।

केन्याका सभामुख डा.मोसेस एम. वेताङउलाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाली प्रतिनिधिमण्डलले केन्याको संसद्को औपचारिक भ्रमण गर्न लागेको हो ।

केन्याको भ्रमण समेर प्रतिनिधिमण्डल असोज २७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता र संसद्को संवादमा नबसी स्वेच्छाकारी बाटोतर्फ हिंड्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा सबै दलहरूलाई एकैठाउँमा ल्याउने प्रयत्न गर्ने गरेको भए पनि सरकारबाट भने त्यस्तो ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् । राजनीतिक दलहरूमा आएको परिवर्तन र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलेको उनले बताए । तर जनताका इच्छा र आकांक्षा सम्बोधन गर्ने गरी काम हुन बाँकी रहेको उनको भनाइ छ । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले ...
। नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशनको सकाए लगत्तै गाउँ–गाउँ जाने संकल्प गर्दैछन् । कांग्रेसकी उपसभापति पुष्पा भुसालका अनुसार महाधिवेशनमार्फत थप उर्जा लिएर नेताहरूले गाउँ–गाउँ पुगेर नागरिकलाई सुसुचित गराउने तयारी छ । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले महाधिवेशनले नागरिककहाँ पुग्ने गरी उर्जा भर्ने विश्वास व्यक्त गरिन् । उनले भनेकी छन्, ‘महाधिवेशन सम्पन्न ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूलाई संवादमा ल्याउन प्रर्यन्त गर्ने गरेको भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय गरेको छलफल स्मरण गरेका छन । साथै, सरकार किन संवादमा आउँदैन भनेर प्रश्न पनि गरेका छन् । काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका ...
। नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउने ताकत आफ्नो पार्टीले राख्ने बताएकी छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘कांग्रेस परिवर्तनकारी शक्ति हो । आम जनताले खोजेको परिवर्तनको नेतृत्व लिन सक्यो भने परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउने ताकत पनि नेपाली कांग्रेसले राख्छ,’ उनले भनिन् । संविधान ...