मुख्य समाचार
प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव
प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव दिएका छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् ।

यसअघि आफूले पटकपटक क्रमभंगता गर्ने गरेको भए पनि अहिले आफूलाई अलि गाह्रो पर्न थालेको जिकिर गरे ।

‘…गगनजीले जुन क्रमभंगता गर्नुभयो, पहिले पहिले मैले गर्ने गरेको थिएँ । शान्ति प्रक्रियालाई युद्धमा लान्थेँ, युद्धलाई शान्तिमा ल्याउँथेँ, शान्तिलाई संविधानमा लान्थेँ, संविधानलाई गणतन्त्रमा,’ उनले भने, ‘अब म सायद क्रमभंग गर्न अलि गाह्रो गाह्रो भएको हो कि । अब पालो गगनजीहरूको हो, तपाईं क्रमभंग गर्दै जानुस् । अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभंग गर्न बाँकी छ । तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल ।’

साथै, उनले गगन र रवि दुवै आफ्नो क्याबिनेटका मन्त्रीहरू भएको स्मरण गरे । उनीहरू दुवैमा राजनीतिक चेत अधिक भएको प्रशंसा गर्दै उनले अहिले पनि आफूसँग उत्तिकै माया भएको पनि बताए ।

‘चाहे रास्वपाको सभापति रविजी हुनुस् चाहे नेपाली कांग्रेसको सभापति गगनजी हुनुस् । यहाँ लाइन लागेका मेरो क्याबिनेटका मन्त्रीहरू हुनुस् । मलाई सबैप्रति उत्तिकै माया छ,’ प्रचण्डले भने, ‘उत्तिकै भरोसा र सम्मान छ । मलाई विश्वास छ आउने दिनमा हामी सबैले समृद्ध नेपाल निर्माण गर्नेछौं । यही शुभकामना सबैलाई ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वको विषय महत्त्वपूर्ण रहेको बताए । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले भने, ‘भूराजनीतिक द्वन्द्वको कारणले नेपालको भविष्य के हुने हो ! प्रश्न खडा भएको छ ।’ सम्बोधनका क्रममा उनले सरकारले सबै प्रकारका राष्ट्रिय मुद्दामा सरकारले संवाद गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । ‘देशको अस्मिता, सार्वभौम ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई पार्टी निर्णयबारे प्रशिक्षण दिएका छन् । पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा आधारित भएर प्रशिक्षण दिएका हुन् । ‘धेरैजसो (सांसदहरू) सहभागी हुनुभएको थियो, अध्यक्षले तेस्रो केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा रहेर प्रशिक्षात्मक, निर्देशनात्मक भनाइहरू राख्नुभयो,’ प्रमुख सचेतक ऐन महरले भने ...
। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार गरेका छन् । आजबाट सुरु भएको पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । लोकतन्त्र र राजनीति सहि बाटोमा हिंड्न सकेको छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘आज लोकतन्त्र सही बाटोमा हिंडिरहेको छ ...
। बुटवल-पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा मन्दिर नजिक सडकबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे १ बजेको समयमा तिनाउ गाउँपालिका ३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रि भई सडकबाट खस्दा सेको थियो। गुल्मीको छत्रकोट पाउँपालिका-३ का ४७ वर्षीय नवराज पन्थको ज्यान गएको हो। जिल्ला ...
। दसैंमा काठमाडौं उपत्यका छाड्नेलाई सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला नगर्दा यात्रुमा अन्योल बढेको छ । अहिले केही कम्पनीले अनलाइनबाट टिकट बुकिङ गरिरहेका छन् । खासगरी पोखरा, चितवन, भैरहवा जस्ता सहज र धेरै विकल्प भएका गन्तव्यका लागि अनलाइन टिकट उपलब्ध छन् । तर, दुर्गम र यातायात सहज नभएका गन्तव्यमा सरकार र व्यवसायीले औपचारिक रूपमा अग्रिम टिकट ...