मुख्य समाचार
नेपाली कांग्रेसको १५औं महाधिवेशन
नेपाली कांग्रेसको १५औं महाधिवेशन

। नेपाली कांग्रेसको १५औं महाधिवेशन सुरु भएको छ । काठमाडौंको खुलामञ्चमा केहीबेरबाट उद्घाटन सत्र सुरु भएको हो ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु भएको हो ।

उद्घाटन सत्रमा सहभागी हुनका लागि विभिन्न दलका शीर्ष नेताहरू उद्घाटनस्थलमा पुगेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी, जसपा नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी लगायत पुगेका छन् ।

महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको छ ।

निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताएका छन्। पार्टीको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताएका हुन्। महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक संकटमा महत्वपूर्ण भूमिका ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘देश अप्ठेरोमा छ । लोकतन्त्र नै अप्ठेरोमा छ । संविधान पनि अप्ठेरोमा छ । अहिलेका सरकारका कयौं अभिव्यक्रि क्रियाकलाप ...
। सभामुख डोलप्रसाद अर्यालले अन्तराष्ट्रिय मञ्चहरूमा नेपाली भाषामै सम्बोधन गर्ने भएका छन् । असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औं महासभामा सहभागी हुन नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख अर्याल आज त्यसतर्फ प्रस्थान गर्दैछन् । तान्जानियाको अरुशा शहरमा आयोजना हुने महासभामा सभामुख अर्यालले ‘समावेशीता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव दिएका छन् । काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् । यसअघि आफूले पटकपटक क्रमभंगता गर्ने गरेको भए पनि अहिले आफूलाई अलि गाह्रो ...
। विगत ६ महिनामा ६ महिनामा ५४० बिचौलिया पक्राउ परेका छन् । यसमध्ये १७० जनामाथि मुद्दा चलेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारको पहिलो ६ महिनाको उपलब्धि सारांश सार्वजनिक गरेको छ । जसको बुँदा नम्बर ३ मा शान्ति सुरक्षा तथा सुशासनसँग सम्बन्धित कामको विवरण छ । यसको बिचौलिया नियन्त्रण र अनुगमन शिर्षक अन्तर्गत लेखिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम