मुख्य समाचार
वर्षाले दसैं-तिहारका लागि तयार भइरहेको केराखेतीमा क्षति, चिन्तामा किसान
वर्षाले दसैं-तिहारका लागि तयार भइरहेको केराखेतीमा क्षति, चिन्तामा किसान

। लगातारको वर्षाले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका राजेन्द्रबहादुर बिष्टको केराखेतीमा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नेपाली सेनाका सुबेदार पदबाट २०८१ सालमा अवकाश पाएपछि बिष्ट व्यावसायिक केराखेतीमा लागेका थिए । उनले १२ कट्ठा जमिनमा १ हजार ४० केराका बोट लगाएका थिए ।

असोज ९, १० र १९ गते परेको वर्षाले केराका अधिकांश बोट ढलेर नष्ट भएका छन् । दशैं–तिहारलाई लक्षित गरेर बिक्रीका लागि तयार हुँदै गरेको केरा नष्ट भएपछि ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बिष्टले बताए ।

बिष्टका अनुसार, केराखेती सुरु गर्दा उनले करिब ३ लाख रुपैयाँ लगानी गरेका थिए । पहिलो पटकको लगानीबाट लागत उठाएपछि उनले दोस्रो पटकको २ लाख लगानी गरेका थिए । ‘पहिलो पटकको लगानी त उठिसकेको थियो । त्यसपछि फेरि करिब २ लाख रुपैयाँ लगानी गरेर खेती गरेको थिएँ’, उनले थपे, ‘अबको १२–१५ दिनसम्म केही नभएको भए दशैंका लागि ठीक्क हुने केरा थियो । दशैंको लागि तयार हुनुअघि नै बोट ढलेपछि साह्रै चिन्ता लागेको छ, यसपटक करिब ५ लाख रुपैयाँ बराबरको केरा नष्ट भयो ।’

केरा बिक्री हुने मुख्य समयमै बोट ढलेपछि लगानीसँगै आम्दानीको अपेक्षासमेत गुमेको बिष्टले बताए ।

खेतीमा क्षति भएपछि बीमा गरेको भए केही राहत हुने भए पनि आफूलाई समयमै त्यसबारे जानकारी नभएको उनले बताए । बोट रोपिसकेपछि बीमा गर्न खोज्दा सम्भव नभएको उनको भनाइ छ । ‘इन्स्योरेन्स गर्नुपर्छ भन्ने जानकारी नै भएन । बोट रोप्नुभन्दा पहिले नै बीमा गर्नुपर्ने रहेछ,’ बिष्टले भने, ‘मैले बोट लगाइसकेपछि इन्स्योरेन्स गर्न खोज्दा भएन ।’

वर्षाबाट भएको क्षतिको स्थानीय तह तथा सम्बन्धित निकायले स्थलगत अनुगमन गरी मूल्यांकन गर्नुपर्ने बिष्टको माग छ । उनले किसानलाई राहत तथा आगामी खेतीका लागि आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे । सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा नेपालका तर्फबाट प्रस्तुत ...
। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक, डीएम÷एमसीएच र एनबीएमएस (सबस्पेसियालिटी) तहका सिट निर्धारण गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा आयोगको बैठकले सरकारी मेडिकल कलेजमा चिकित्सा शिक्षाको सिट बढाउने निर्णय गरेको छ । बैठकमा सहभागी एक सदस्यका अनुसार अघिल्लो शैक्षिक सत्रको ...
। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले बागलुङ जिल्लाका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। बाढी तथा पहिरोबाट प्रभावित गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट ...
। नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटवार्तामा नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि ...
। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । बैठकले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेका छन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. नेपाल विशेष सेवा ...